चट्याङ्ग लागेर बालिकाको मृत्यु

दैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं.७ पानी पोखरीमा घरमै चट्याङ्ग लागेर घाइते १२ बर्से बालिका शर्मिला कँडेलको उपचारका लागि लिँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

हावाहुरी सहित आएको चट्याङ्ग लागेर बालिकाको छाती र पेटमा चोट लागेको थियो, घाइते भएकी बालिकाको प्रारम्भिक उपचार दुल्लु अस्पतालमा गरिएको र थप उपचारका लागि सुर्खेतर्फ लैजाँदै गर्दा शर्मिलाको बाटोमै मृत्यु भएको दैलेखका निमित्त प्रहरी प्रमुख दिपक मगराठीले जानकारी दिएका छन् । चट्याङ्गले घरमा पालेको खसी समेत मरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार