दुर्घटनामा छ जना घाइते

दैलेखः महाबु गाउँपालिका–२ ऐराडीदेखि दैलेख सदरमुकामतर्फ आउँदै गरेको डबल क्याप जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आइतबार ऐराडीदेख सदरमुकामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०३२१ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते हुनेहरूमा महाबु गाउँपालिका–२ ऐराडी बस्ने २३ बर्सिया ओमकार नेपाली, सोही ठाउँका १९ बर्सिया रेजिना नेपाली र उनका ४ महिनाका छोरा रहेका छन् । यस्तै, घाइते हुनेहरुमा महाबु–२ बस्ने ५० बर्सिया सावित्रा नेपाली, ४० बर्सिया रामुदेवी बडूवाल र महाबु–३ बासी बस्ने २१ बर्सिया पार्वती थापा रहेका प्रहरीले जनाएको छ । उपचार पश्चात् घाइतेहरू सबैको डिस्चार्ज भइसकेको जनाइएको छ ।

जिप ब्रेक फेल भई अन्दाजी सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप चालक महाबु गाउँपालिका–१ खरिगैरका २३ बर्सिया सन्देश थापा मगरलाई पक्राउ गरी घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार