युवतीको मृत्यु भएपछि पीडित परिवार आक्रोशित

दैलेखः सुर्खेतको प्रदेश अस्पताल काला गाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ बर्से युवती रिजुका बलामीको मृत्यु भएको घोषणा गर्दै अस्पतालले शव बुझ्न परिवारलाई एक्कासि खबर गरेपछि पीडित परिवार आक्रोशित बनेका हुन् ।

९ महिनाको बालीका बाहिर आफन्तलाई छोडेर बिहिवार बिहान रिजुका पाठेघरको सफा गर्न अस्पताल छिरेकी थिइन । रिजुकाको पाठेघरमा समस्या भएको भन्दै निजी अस्पतालमा चेकजाँच पश्चात् सुर्खेतको काला गाउँ अस्पतालमा पुगेको र बिहान पाठेघर सफा गर्न भन्दै डाक्टरले काम सुरु गरेको, परिवारलाई भेटघाट गर्न नदिएरै एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयपछि मृत्यु भएको घोषणा गरेपछि अस्पताल र सेवामा खटिएका डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप मृतकका जेठाजु हर्क बलामीले लगाए ।

पीडित परिवारले लापरबाहीका कारण मृत्यु भएको बताउँदै कसले लापरबाही गरेको हो, अदक्ष व्यक्तिलाई उपचार गर्न कसले पठायो, उपचार पूर्व शारीरिक अवस्था चेकजाँच भयो वा भएन, परिवारलाई जानकारी नै नगराएर मृत्यु भएको खबर गर्ने विषय गम्भीर विषय भएको, लापरबाही गर्ने व्यक्ति र घटनाको पूर्ण विवरण परिवारले पाउनुपर्ने माग मोहन बडूवालको छ ।

अस्पताल प्रशासनले घटना वारे कुनै कुरा सार्वजनिक गरेको छैन, पीडित परिवार सुर्खेतमा रहेका पीडितका आफन्त र नेताहरू अस्पताल प्रशासन सँग छलफलमा छन् । पीडित आफन्तहरू र अन्य सर्वसाधारणहरूले अस्पतालले प्रवाह गर्ने सेवा निकै ढिलो र लापरबाही हुने गरेको गुनासो गरेका छन् । पीडितकी आमाले भनिन गरिवलाई जसले जसरी पनि मार्ने कानुन नेपालमा छ, मेरो छोरीको मृत्युको पूर्ण जानकारी हुनुपर्दछ, गल्ति गर्नेलाई कारवाही हुनुपर्दछ न्याय नपाउने बेलासम्म शव उठाउँदैनौ ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले आफू कामको सिलसिलामा बाहिर भएकोले घटनाको बारेमा कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार