तत्कालीन माओवादी द्वन्द्वको चरम चपेटामा परेको नौमूलेको मुहार बिस्तारै फेरिँदै छ । यहाँका अन्य क्षेत्र भन्दा साबिक (नौमूले गाउँ विकास समिति) हालको नौमूले गाउँपालिकाका नागरिकले तत्कालीन राज्य र माओवादी पक्षको प्रत्यक्ष मार सहनुप¥यो ।
भौतिक विकासका हिसाबले पछि रहेको नौमूलेमा माओवादी पक्षको बाक्लो उपस्थिति रहने क्षेत्र मध्येको एक थियो । विद्रोही पक्षको पकड क्षेत्र मानिने नौमूलेमा राज्यले सोही अनुसारको दमन बढाउने गर्थ्यो । राज्यको दमन र माओवादीको विद्रोहको प्रत्यक्ष मार त्यहाँका सोझा नागरिकले खेप्नु परेको थियो ।
तत्कालीन विद्रोही माओवादीले २०५७ चैत २४ गते नौमूले प्रहरी चौकीमा आक्रमण गर्दा ३२ जना प्रहरी र ६ जना माओवादी पक्षकाले ज्यान गुमाउनु परेको थियो । चरम द्वन्द्वको समयमा ज्यान जोगाउन अनेत्र लागेका नौमूलेका नागरिकलाई शान्ति प्रक्रिया हुँदै संघीयता पछिको विकासले अहिले लोभ्याउने अवस्था छ ।
दमन र विद्रोहको प्रत्यक्ष मार खेप्न बाध्य भएका नौमूलेका जनतालाई संघीयताले भने विकासको आभास गराएको छ । यहाँका ११ स्थानीय तह मध्ये प्राकृतिक हिसाबले भरिपूर्ण नौमूले जडीबुटी, जलस्रोत, पर्यटनसँगै अन्य धेरै सम्भावना बोकेको गाउँपालिका हो ।

नौमूलेमा सञ्चालनमा रहेका हाइड्रोपावरले स्थानीय स्तरको विकास मात्र होइन मुलुकको आर्थिक विकासमा प्रत्यक्ष टेवा पुराउँदै आएका छन् । स्थानीय सरकारले हाइड्रोबाट उठेको करलाई त्यहाँका नागरिकको चहना अनुसारको विकासमा खर्च गर्दै आएको छ ।
विकास कर्मागत तवरले अघि बढ्ने विषय हो । संघीयता अघि सम्मको नौमूलेको विकास र संघीयता पछिको विकासले त्यहाँ केही परिवर्तनका आशाहरू जगाएको छ । स्थानीय स्तरमा सञ्चालन भएका हाइड्रो र आफ्नै ठाउँमा रोजगारी नौमूलेका जनताले आफ्नै आँगन अघि देखेको विकासका नमुना हुन भन्दा फरक पर्दैन ।
नौमूले अन्य स्थानीय तहभन्दा जलस्रोतका हिसाबले अघि रहेको छ । त्यहाँ हाइडूोपावर विकासको सम्भावना बढी छ । नौमूलेमा हाल ७.६७ मेगावाट क्षमयताका भूगोल ईनर्जी प्रालि र ढोल्टी हाइड्रोपावर प्रालिले उत्पादन दिँदै आएका छन् । अर्को एक ४ मेगावाटको अपर लोहोरे हाइड्रोपावर नौमूलेमा निर्माणको चरणमा छ ।
विकास गाउँ पस्दा त्यहाँका जनता प्रत्यक्ष लाभबाट पर रहन्छन् भन्ने कुरा हुदैन् । नौमूलेमा सञ्चालनमा रहेका दुई वटा हाइड्रोपावरले स्थानीय स्तरको विकास मात्र होइन मुलुकको आर्थिक विकासमा प्रत्यक्ष टेवा पुराउँदै आएको छ ।
स्थानीय सरकारले हाइड्रोबाट उठेको करलाई त्यहाँको विकासमा खर्च गर्दै आएको छ ।
पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण नौमूलेमा द्धारिखोला झरना लगायतका अन्य थुप्रै पर्यटकीय स्थलहरू छन् । जडीबुटीले समेत नौमूलेलाई आर्थिक हिसाबले अघि बढाउन सकिने सम्भावना त्यतिकै छ । संघीयता पछि सञ्चालनमा आएका स्थानीय सरकारले आफ्नो स्रोत साधनको उच्च प्रयोग गरी नागरिकलाई स्थानीय स्तरमै रोजगारी सिर्जना लगायतका कार्यलाई नीतिगत तवरले अघि बढाउँदै लैजानुपर्ने देखिन्छ ।
संघीयता पछि गाउँमा सञ्चालनमा आएका सरकार सञ्चालनमा केही समस्या छन् । नयाँ संरचना, दक्ष जनशक्तिको व्यवस्थापन, नागरिकको चेतना स्तर स्थानीय सरकारले भोग्दै आएका केही समस्या हुन् । जहाँ जनताको सरकार संञ्चाचलनमा प्रत्यक्ष सहभागिता हुन्छ त्यहाँ सोही अनुसारको विकासले फड्को मार्ने गरेको साँचो हो ।






