डुङ्गेश्वर जङ्गलमा भीषण आगलागी

दैलेखः दैलेखको माथिल्लो डुगेश्वर बजार माथिको जङ्गलमा भीषण आगलागी भएको छ । दैलेखका विभिन्न जङ्गलमा आगलागी निरन्तर भइरहेको छ । जङ्गलमा आगलागी भइरहेको भए पनि निभाउने कुनै प्रयासहरू भएको देखिँदैन । वनमा आगलागी भएपछि साना बिरुवा र सुकेका सयौँ काठहरू जङ्गलमै जलेका छन् ।

दैलेखका विभिन्न जङ्गलहरुमा लगातार आगलागीका घटना बढ्दै गएका छन् । हरेक वर्ष गर्मियाममा हुने आगलागीबाट ठुलो मात्रामा धन जनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार