नेपालीको औसत आयु ७१ वर्ष

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव ३ वर्ष पुगेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो ।

कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ । नेपालको वार्षिक जनसंख्या वृद्धिदर यसअघि १ दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार