दैलेखः दैलेखमा केन्द्रबिन्दु भएर मंगलबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान १०ः३४ मा दैलेखमा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।






