रेविज विरुद्धको ¥याली र सचेतना गोष्ठी

दैलेख : विश्व रेविज विरुद्धको दिवसको अवसरमा नारायण नगरपालिकाले दैलेख सदरमुकाममा ¥याली र सचेतना गोष्ठी सम्पन्न गरेको छ । प्लेकार्ड सहितको ¥याली दैलेख सदरमुकाममा प्रदर्शनपछि नगरपालिकाको सभाहलमा सचेतना गोष्ठीमा समावेश भएको थियो । कुकुर र पाल्तु जनावरबाट लाग्ने रेविज रोग र बचाउका उपाय विषयमा नारायण नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख सूर्यबहादुर बिकले प्रकाश पारेका थिए ।

कार्यक्रममा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी भरत शाहीले पनि मानिसमा रेविज रोग सर्ने स्रोत, यसको अवसर र उपचार विधिका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार