दैलेख : गत असार १४ गते दुल्लु नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालको सचिवालयमा आगलागी भयो । बिजुली सर्ट भई सल्केको आगोबाट सचिवालय कोठामा रहेका कुर्सी, टेबललगायतका सामग्रीजल्नपुगे । आगो अन्यत्र फैलने हो कि भन्ने आशंकाथियो । तर नगरपालिका र युएसएआइडीको तयार नेपाल परियोजनाको समन्वयमा स्थापनाभएको आपतकालीनकार्य सञ्चालन केन्द्रमार्फत समयमै आगो नियन्त्रणमा लिइयो ।
आपतकालीनकार्य सञ्चालन केन्द्रमा रहेका फायरबललगायत सामग्रीको मद्दत मिले पछि ठूलो क्षति टरेको थियो । ‘आपतकालीनकार्य सञ्चालन केन्द्रमार्फत समयमै आगो नियन्त्रणमा नआएको भए ठूलो क्षतिहुने थियो । नगरपालिकामा स्थापना भएको केन्द्रमार्फत अन्य विपद्का घटनासँग जुध्न सहज भएको छ,’ नगरपालिका प्रशासनशाखामाकार्यरत समशेरबहादुर शाहीले भने ।
आगलागी नियन्त्रणका लागि पानीकोअभावहुने दुल्लुमाआपतकालीनकार्य सञ्चालन केन्द्र बनेपछि प्राकृतिक विपत्तिबाट हुने क्षति र विपत्तिआउनसक्ने पूर्व सूचनाप्रवाह गर्न सहज भएको छ । दुल्लुको भूगोल मात्र होइन जनसंख्यापनि ठूलै छ । विपद्बाट हुनसक्ने क्षतिन्यूनीकरणका लागिनगरपालिकाले परियोजनासँगको समन्वयमाआपतकालीनकार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जसमार्फत भीएचएफ रेडियो र एचएफ रेडियोको प्रयोगमा ल्याइएको छ । ‘यी सामग्री प्रयोगमा ल्याएपछि नागरिकलाई प्रदान गर्ने सेवामा सहजता भएको छ,’ शाहीले भने ।
विपद् भइसके पछि हुने क्षतिबाट जोगाउन वडामा स्वयंसेवक समूह निर्माण गरिएको जनाइएको छ । स्वयंसेवक समूहलाई विभिन्न प्रशिक्षण मार्फत विपद्सँग जुध्न ‘मजबुत’ बनाइएको प्रशासन शाखामा कार्यरत बहादुर शाहीले बताए । स्थानीय सरकार सञ्चालन, ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले निर्देशित गरे अनुसार स्थापना गरी सञ्चालनगरिएको आपतकालीनकार्य सञ्चालन केन्द्रमार्फत सूचना तथा सञ्चार व्यवस्थापन, सञ्चार संयन्त्र सञ्चालन गरिएको छ ।
यसलाई व्यवस्थित तुल्याउन रेडियो सञ्चार सम्पर्क भीएचएफ रेडियो र एचएफ रेडियोको प्रयोग, गलत सूचना नियन्त्रण, सूचना विश्लेषण, सूचनाको प्राथमिकता क्रम निर्धारण, सूचना अधिकृतको जिम्मेवारी निर्धारण, रात्रिकालीन सूचना व्यवस्थापन, प्रतिवेदन तयारी द्रुत क्षति लेखाजोखाको काम हुँदै आएको र यसले विपद् न्यूनीकरणमा सहयोग पु¥याएको शाहीले बताए ।
–जोखिम न्यूनीकरणमा उल्लेख्य सहयोग
युएसएआइडीको तयार नेपाल परियोजनाले जोखिम न्यूनीकरणमा उल्लेख्य सहयोग गरेको दुल्लु नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालले बताए । बाढी, पहिरो, आगलागी, हुरी,बतास, असिना, खडेरी, चट्याङ र सडक दुर्घटनाजस्ता विपद्जन्य जोखिमको चुनौतीमा रहेको दुल्लुमा तयार नेपालले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा नगरपालिकाको क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरी नागरिकको उत्थानशीलता अभिवृद्धिमा समेत सहयोग पु¥याएको रिजालले बताए ।
परियोजनाले नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्यसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन, नियमावली, विपद् व्यवस्थापन कोष सञ्चालनकार्यविधि, आपतकालीनकार्य सञ्चालनकार्यविधि, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयारी, मनसुन पूर्व तयारी योजना, जोखिम स्थलभूउपयोग नीतिएवं योजना तयारी जस्ता नीतिगत एवं कार्यगत क्षेत्रमा सहयोग पुगेको रिजालको भनाइ छ ।
परियोजनाले दुल्लुमा सूचना प्रविधि, खोज तथा उद्धार, आपतकालीनकार्य सञ्चालनतथा आगलागीमा कार्यरत कर्मचारी तथा स्वयंसेवकहरूका लागि व्यक्तिगत सुरक्षाका सामान, तालिम प्रदान गरेर नगरपालिकाको सक्रियता तथा क्षमतामा अभिवृद्धि गर्न सहयोग गरेको उनले बताए । साथै परियोजनासँगको सहकार्यमा जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तालिमहरू सञ्चालन गरिएको नगरप्रमुख रिजालको भनाइ छ ।
नगरपालिकासँगको समन्वयमा खास गरी परियोजना मार्फत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, लैङ्गिकताका आधारमाहुने हिंसा रोकथाम, भवननिर्माण मापदण्ड सम्बन्धी अभिमुखीकरणले नगरपालिकाको नेतृत्व तथा कर्मचारीको संवेदनशीलता तथा सक्रियतामा वृद्धि भएको नगरप्रमुख रिजालको कथन छ । विपद् आइपरेको खण्डमा नगरपालिकामा खडा गरिएको प्रतिकार्य टिमले सहज तवरले काम गर्नसक्ने नगर प्रमुख रिजालले बताए ।
–विपद् सम्बन्धी कार्यविधि निर्माण
दुल्लुमा नगरपालिका र परियोजनाको समन्वयमा विपद् सम्बन्धी विभिन्न नीति नियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । विपद् व्यवस्थापन ऐन, आपतकालीनकार्य सञ्चालन केन्द्र कार्यविधि, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, विपद् जोखिम न्यूनीकरण स्थानीय कार्य मञ्च सञ्चालन कार्यविधि लगायतका विभिन्न नीति नियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगर प्रमुख रिजालले बताए ।
नगरपालिकाले विपद् पोर्टल सञ्चालन कार्यविधि, नगर स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिका, सामुदायिक वन प्रयोगकर्ता समूहहरूको लागि विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्देशिका निर्माण गरेको छ ।
त्यस्तै जोखिम संवेदनशीलभूउपयोग नीति, भौतिकपूर्वाधार तथा भवन निर्माण मापदण्ड, विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्य योजना र दुल्लु नगरपालिकाको स्थानीय पाठ्यक्रम–आधारभूत तह (कक्षा १ देखि ८ सम्म) को विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा जैविकविविधता प्रवद्र्धन क्षेत्र विपद् सम्बन्धी विभिन्न नीति नियम तथा कार्यविधि निर्माण गरेको रिजालले बताए ।
परियोजनाको सहयोगमा निर्माण गरिएका विपद् सम्बन्धी विभिन्न नीति नियम तथा कार्यविधिहरू कार्यान्वयन पछि विपद्का क्षेत्रमा स्थानीय सरकारलाई काम गर्न सहजता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकको अनुभव छ । कामको सहजताका लागि स्थानीय तहमा प्राप्त कानुन चाहिने अधिकृत विकले बताए ।
‘अन्य स्थानीय तहमा समयमै नीति—नियम निर्माण नहुँदा काम गर्न असहज भएको देखिन्छ । दुल्लुले तयार नेपाल परियोजनासँगको समन्वयमाविभिन्नविपद् सम्बन्धी नीति नियम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएपछि काम गर्न सहज भएको छ । कामको सहजताका लागि स्थानीय तहमाप्राप्तकानुनआवश्यकपर्छ,’ प्रमुखप्रशासकीयअधिकृत विकले अनुभव सुनाए ।
–‘अहिले ढुक्कले निदाउँछौँ’
गाउँमा विकास गर्ने भन्दै खनिएको सडक विपत्तिको स्रोत बन्दै सिङ्गो बस्ती नै पहिरोको जोखिममा परेपछि दुल्लु नगरपालिका वडा नम्बर १ देउतीचौरका जोरे विक रातभरि अनिँदै बस्थे । अहिले उनलाई ढुक्कले निद्रा पर्न थालेको छ । स्थानीय सरकार र तयार नेपाल परियोजनाले पहिरो रोकथामका लागि जाली लगाएपछि उनी मात्र नभई चौरका ३० घर परिवारलाई पहिरोबाट बस्ती नै बग्ने चिन्ताले पिरोल्न छाडेको छ ।
उमेरले सातदशकपार गरेका जोर विककाअनुसार सडक खन्नुअघि बस्ती मुनिबाट पहिरो खस्दैनथ्यो । गाउँमा गाडी कुदाउने भन्दै खनिएको सडकका कारण सिङ्गो बस्ती नै असुरक्षित बनेको उनले बताए । ‘सडक आउनुअघि बस्तीको तलबाट पहिरो चलेको थाहा थिएन । बाटो ल्याएपछि हाम्रो बस्तीका ३० घर पहिरोको जोखिममा परे नगरपालिका र संस्था (तयार नेपाल) मिलेर पहिरो रोक्न भन्दै तार जाली लगाएपछि अहिले सुविस्ताभएको छ,’ उनले भने ।
परियोजनाको सहयोगमा तटबन्धन लगाएपछि अहिले आफ्ना घरहरू बचेको स्थानीय सोमरामविकले बताए । उमेरले ७६ वर्ष लागेका उनलाई पनि अब पहिरोका कारण बस्ती बग्ला र भवितव्य निम्त्याउला जस्तो लागेको छैन । पहिलेका दिनमा सामान्य पहिरो जाने गरेको बताउँदै उनले समय बढ्दै गएपछि पहिरोका कारण बस्ती नै जोखिममा परेको बताए । गाउँमा बजेट आएर पहिरो रोकथाम हुँदा बस्तीका सबै नागरिक खुसी भएको सोमरामले बताए ।
पहिरोको उच्च जोखिममा रहेका देउती चौरको बस्ती अहिले सुरक्षित बनेको दुल्लु नगरपालिका—१ का वडा अध्यक्ष तर्कबहादुर खड्काले बताए । पहिरोका कारण उच्च जोखिममा रहेका ३० घर र प्रभावित ११ गरी ४१ घरका नागरिक अहिले ढुक्कले निदाउने गरेको वडा अध्यक्ष खड्काको भनाई छ । तयार नेपाल परियोजनाको सहयोगपछि वडा कार्यालय भवन र विद्यालय सुरक्षित बनेको उनले बताए ।
नगरपालिकासँगको समन्वयमा युएसएआइडीको तयार नेपाल परियोजनाले देउती चौरमा पहिरो रोकथामका लागि १ करोड रुपैयाँ खर्च गरेको वडा अध्यक्ष खड्काले बताए । परियोजनाले पहिरोको जोखिममा रहेको बस्ती जोगाउनका लागि जाली, नाला निर्माण, वृक्षारोपण, मेसिनरी वाल निर्माण, आरसिसी र बायो इन्जिनियरिङअन्तर्गत पानीको व्यवस्थापन, जोखिम स्थलको व्यवस्थापनलगायतका कामहरू गरेको उनले बताए ।
परियोजनाको सहयोगमापहिरोको उच्चजोखिममा रहेको वडा कार्यालय र विद्यालय भवन पनि सुरक्षित बनेको वडा अध्यक्ष खड्काले बताए । ‘वडा कार्यालय भवन पहिरोबाट जोगाउन भित्तामा त्रिपालले ढाक्नुपर्ने बाध्यता थियो । परियोजनाको आर्थिक सहयोगमा आरसिसी गरेपछि अहिले पहिरोको जोखिम हटेको छ । बालबालिका पढ्ने विद्यालय समेत सुरक्षित बनेको छ,’ वडा अध्यक्ष खड्काले भने ।
–आकासे पानी कुर्नुपर्ने बाध्यता हट्यो
दुल्लु नगरपालिका वडा नम्बर ९ पादुकाका नागरिकलाई धान खेती गर्नका लागि अहिले अकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको छ । केहीवर्षअघि निर्माण गरिएको नाराघाट—दुलाल—सेरा सिँचाइ कुलो जीर्ण बनेपछि किसानलाई धान खेतीका लागि अकासे पानी कुर्नुपर्ने बाध्यता थियो । दुल्लु नगरपालिकाको समन्वयमा तयार नेपाल परियोजनाले भत्केको ठाउँमा सिँचाई कुलो निर्माण गरेपछि किसानलाई धान खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने र भल पर्खनुपर्ने बाध्यता हटेको हो ।
सिँचाई कुलो निर्माणपछि करिब एक सय जनाकिसानलाभान्वितभएको स्थानीय कर्णबहादुर शाहीले बताए । ‘सिँचाइको अभावले धान खेती गर्नलाई अकासे पानी कुर्नुपर्ने बाध्यता थियो । नगरपालिका सँगको समन्वयमा तयार नेपाल परियोजनाले पहिले भत्किएकै स्थानमा नयाँ कुलो बनाइ दिएपछि एक सय बढी किसान लाभान्वित भएका छन्,’ किसान खड्काले भने ।
कुलो निर्माण पछि १९ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुगेको दुल्लु नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तिलकप्रसाद उपाध्यायले बताए । वडा अध्यक्ष उपाध्यायका अनुसार परियोजनाले नाराघाट—दुलाल—सेरा सिँचाई कुलो निमार्णमा ३९ लाख खर्च गरेको छ ।
‘धान खेती गर्नलाई किसानले अकासे पानी कुर्नुपर्ने बाध्यता थियो । स्थानीय सरकारसँगको समन्वयमा तयार नेपाल परियोजनाले नाराघाट—दुलाल—सेरा सिँचाई कुलो निमार्ण गरेपछि किसानलाई त्यो बाध्यता हटेको छ । एक सय परिवार सिँचाइ कुलोबाट लाभान्वित हुँदै आएका छन् । सिँचाइको पहुँच विस्तारसँगै धान खेती मात्र लगाइने खेत बाझो नछाडी यस वर्षदेखि अनिवार्य रूपमा अन्य बालीनाली लगाउने योजना छ,’ वडा अध्यक्ष उपाध्यायले भने ।
तयार नेपाल परियोजनाको सहयोगमा सोही वडामा रहेको नवदुर्गा आधारभूतविद्यालयमा ंरेट्रोफिटिङलगायत अन्य शैक्षिक सुधारका कामहरू भएका छन् । विद्यालयका दुई वटा पुराना भवनका पाँच कोठालाई रेट्रोफिटिङ गरिएको हो । तयार नेपाल परियोजनाको ३९ लाख लागतमा विद्यालयका दुई वटा पुराना भवनलाई प्लास्टर, नयाँपाता, वायरिङलगायतकाकाम गरी ंरेट्रोफिटिङ गरिएको वडा अध्यक्ष उपाध्यायले बताए ।
परियोजनाले विद्यालयलाई विभिन्न शैक्षिक सामग्री समेत सहयोग गरेको छ । विद्यार्थीको पठनपाठनमा सहजता हुने गरी एक थान प्रोजेक्टर, तीन थान ल्यापटप, दुई वटा प्रिन्टर, तीन वटा टिभी र ४० थान डेस्क बेन्च गरी १४ लाखको शैक्षिक सामग्री युएसएआइडीको तयार नेपाल परियोजनाले विद्यालयलाई सहयोगले प्रदान गरेको हो ।
परियोजनाले विद्यालयका पुराना भवनलाई रेट्रोफिटिङ गरेपछि पानी पर्ने बित्तिकै विद्यालयविदागर्नुपर्ने बाध्यताअन्त्य भएको वडा अध्यक्ष उपाध्यायले बताए । डेस्क बेन्चको उपलब्धतापछि विद्यार्थीको बसाइँव्यवस्थापनमा सहजताभएको उनको भनाइ छ । नगरपालिकासँगको समन्वय परियोजनाको सहयोगपछि नवदुर्गा आधारभूत विद्यालय पठनपाठन र बसाइँ व्यवस्थापनमा ‘अब्बल’ बनेको वडा अध्यक्ष उपाध्यायको भनाई रहेको छ ।






