सुर्खेत : कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भूमिव्यवस्था कृषितथा सहकारी मन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्।
पशुको वीर्य भण्डारण तथा कृत्रिमगर्भाधानको उद्देश्य अनुसार कर्णाली प्रदेशको भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालयले भव नबनाउन लागेको हो। मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण कार्य सुरु भएको छ।
कर्णाली प्रदेशको भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालयकाअनुसार पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य राखी तरल नाइट्रोजन प्लान्ट निर्माण सुरु भएको हो। प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादनहुने लक्ष्य राखिएको छ।
मन्त्रालयले गतआर्थिक वर्षमा ४० लाखकाविस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो।
सोही अनुसार चालु आर्थिक वर्षमाचार करोड ८५ लाख बजेट विनियोजन गरेर कर्णाली प्रदेशमा पहिलो पटक प्लान्ट निर्माण सुरु भएको गरिएको हो। तरल नाइट्रोजन प्लान्ट स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडा÷बाच्छा उत्पादनमा टेवा पुग्नेछ।
यस्तै, पहिला प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य कर्णालीमै तरल नाइट्रोजनको स्थापना पछि पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधाननश्ल सुधारका लागि सहजहुने भएको छ। मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताए। उनका अनुसार दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधान मार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी हुनेछ।






