दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय ३१ जनालाई सेवाप्रदानगरिएको पालिकाले जनाएको छ ।
ठाटिकाँध गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्र लकान्द्राको र आयोजना बहुउद्देश्यीय सामुदायिक सेवा केन्द्र शाखा कार्यालय ठाटिकाँधको समन्वयमा सञ्चालित दुई दिने स्वास्थ्य शिविरमार्फत हाडजोर्नी, महिलातथा प्रसूतीलगायतका रोगहरूको परीक्षण गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमार्फत एक सय ३४ जनामहिला र ६ सय ९७जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र भण्डारीले बताए । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षणमा मद्दत पुगेको भण्डारीले बताए ।






