दैलेख : नागरिकलाई नजिकबाट सेवा विस्तार गर्ने भन्दै सङ्घीयता पछि सञ्चालनमा आएका दैलेखका स्थानीय तहहरूमा बेरुजुको अवस्था उकालो गतिमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालनका निम्ति बनाइका ऐन, नियम र कानुको सही पालना नगर्दा घरेलु सरकारका रूपमा परिचित स्थानीय तहमा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो ।
स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले दलका कार्यकर्तासँगै नजिकका आफन्त रिझाउन सरकारी सम्पत्तिको दुरुपयोग गर्दा बर्सेनि बेरुजु रकम उकालो गतिमा रहेको देखिन्छ । स्थानीय सरकारका जिम्मेवार पदाधिकारी आफू खुसी नियमको बर्खिलापमा जाँदा गाउँका सरकारमा बेरुजु रकम बढ्दो मात्रामा रहेको देखिन्छ ।
महालेखाको प्रतिवेदन अनुसार दैलेखका ११ वटा स्थानीय तहमध्ये यहाँको गुराँस गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा ३ करोड १२ लाख ९८ हजार बेरुजु थपिएको छ । प्रतिक्रियाबाट ६ लाख २५ हजार फस्र्यौट भई बाँकी बेरुजु ३ करोड ६ लाख ७३ हजार रहेको हो ।
गुराँसमा एक वर्षको अवधिमा थपिएको बेरुजुमध्ये असुल गर्नुपर्ने ३४ लाख ३९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ११ लाख ८४ हजार, नियमित गर्नुपर्ने करोड २६ लाख १२ हजार र पेस्की १ करोड ३४ लाख ३८ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म गुराँसमा ५१ करोड १२ लाख ३३ हजार बेरुजु बाँकी रहेको थियो । एक करोड ९६ लाख १३ हजार फस्र्योट गर्दा गुराँसमा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजु ५२ करोड २२ लाख ९३ हजार पुगेको छ ।
डुंगेश्वर गाउँपालिकामा स्थानीय सरकार सञ्चालन यता आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजु १८ करोड ७३ लाख ४२ हजार रहेको छ । डुंगेश्वरमा आर्थिक वर्ष २०८०÷०८१ मा दुई करोड ३२ लाख ७८ हजार बेरुजु देखिएको थियो । प्रतिक्रियाबाट ८ लाख १४ हजार फस्र्यौट भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
डुंगेश्वरमा बाँकी रहेको २ करोड २४ लाख ६५ हजारमध्ये असुल गर्नुपर्ने १९ लाख ३५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १८ लाख ३८ हजार, नियमित गर्नुपर्ने १ करोड ७७ लाख २८ र पेस्की बेरुजु ९ लाख ६३ हजार रहेको छ । डुंगेश्वरमा आर्थिक वर्ष २०७९÷०८० सम्म अद्यावधिक बेरुजु १६ करोड ५० लाख ६० हजार रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ८३ हजार फस्र्योट गरिएको थियो ।
भगवतिमाई गाउँपालिकामा एक वर्षको अवधिमा १ करोड ३८ लाख ७ हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा ९८ करोड ९ लाख २५ हजारको लेखा परीक्षण गरिएकोमा उक्त बेरुजु रकम थपिएको महालेखाले भनेको छ । थपिएको जम्मा बेरुजुमध्ये प्रतिक्रियाबाट ५ लाख ५६ हजार फस्र्यौट भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बाँकी १ करोड ३२ लाख ५२ हजारमध्ये असुल गर्नुपर्ने ७३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३९ लाख १८ हजार र नियमित गर्नुपर्ने ४३ लाख १५ हजार, पेस्की बेरुजु ४९ लाख ४६ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म भगवतिमाईको बेरुजु १३ करोड १४ लाख १५ हजार रहेमा ६४ लाख ८० हजार फस्र्यौट भई आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त गाउँपालिकाको अद्यावधिक बेरुजु १३ करोड ८१ लाख ८७ हजार पुगेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ सम्म नौमुले गाउँपालिकाको अद्यावधिक बेरुजु ३८ करोड ३३ लाख ७५ हजार पुगेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म उक्त गाउँपालिका ३२ करोड ४७ लाख ८१ हजार बेरुजू बाँकी रहेकोमा २१ लाख ९७ हजार फस्र्यौट गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा नौमुलेमा ६ करोड ८ लाख ४१ हजार बेरुजू देखिएको छ । जम्मा बेरुजुमध्ये प्रतिक्रियाबाट ५० हजार फस्र्योट भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०÷०८१ को बाँकी बेरुजु ६ करोड ७ लाख ९१ हजारमध्ये असुल गर्नुपर्ने २० लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ३७ लाख ४३ हजार, नियमित गर्नुपर्ने १ करोड ९८ लाख ९६ हजार र पेस्की बाँकी ५१ लाख ५० हजार रहेको छ । स्थानीय सरकार सञ्चालनमा रहेका जिम्मेवार पदाधिकारीले नियमको पालना गर्दै आर्थिक सुशासन कायम गर्नतर्फ ध्यान दिन महालेखाले भनेको छ ।
यहाँको महाबु गाउँपालिकामा एक वर्षको अवधिमा ३ करोड ३१ लाख ६७ हजार बेरुजू थपिएको छ । महाबुमा आर्थिक वर्ष २०८०÷०८१ मा थपिएको जम्मा बेरुजुमध्ये प्रतिक्रियाबाट ११ लाख ८८ हजार फस्र्योट गरिएको हो । बाँकी बेरुजु ३ करोड १९ लाख ७९ हजारमध्ये असुल गर्नुपर्ने १३ लाख ५९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५४ लाख २३ हजार, नियमित गर्नुपर्ने १ करोड ९९ लाख ९७ हजार र पेस्की बाँकी ५२ लाख रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म महाबु गाउँपालिकाको बेरुजु १४ करोड ४९ लाख ३ हजार रहेको थियो । त्यसमध्ये ६४ लाख १३ हजार फस्र्योट गरिदा आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त गाउँपालिकाको अद्यावधिक बेरुजू १७ करोड ४ लाख ६९ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । महाबुमा आर्थिक वर्ष २०८०÷०८१ थपिएको जम्मा बेरुजुमध्ये नियमित गर्नुपर्ने बढी छ ।
जिल्लाको पुरानो नारायण नगरपालिकामा एक वर्षको अवधिमा ३ करोड ८६ लाख ५६ हजार बेरुजु देखिएको छ । प्रक्रियाबाट १ करोड ९६ लाख ६ हजार फस्र्योट हुँदा बाँकी १ करोड ९० लाख ५० हजारमध्ये असुल गर्नुपर्ने ६ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४६ लाख ६४ हजार र नियमित गर्नुपर्ने १ करोड ३७ लाख ५० हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म नारायणको जम्मा बेरुजु २० करोड ३३ लाख ९६ हजार बेरुजु बाँकी रहेको थियो । २७ लाख ९१ हजार फस्र्यौट गर्दा आर्थिक वर्ष २०८०÷०८१ सम्म नारायणको अद्यावधिक बेरुजु २१ करोड ९६ लाख ५५ हजार पुगेको हो । नारायणमा आर्थिक वर्ष २०८०÷०८१ मा थपिएको बेरुजुमध्ये बढी नियमित गर्नुपर्ने रहेको छ ।
भैरवी गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ एक वर्षको अवधिमा ६ करोड १८ लाख ६८ हजार बेरुजू पुगेको छ । प्रतिक्रियाबाट ३३ हजार फस्र्योट गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बाँकी ६ करोड १८ लाख ३५ हजारमध्ये असुल गर्नुपर्ने ४८ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ३३ लाख ६१ हजार, नियमित गर्नुपर्ने १ करोड ४५ लाख ६३ हजार र पेस्की २ करोड ९० लाख ८० हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म भैरवी गाउँपालिकामा २९ करोड ७४ लाख ६३ हजार बेरुजू रहेको थियो भने ५ लाख ८८ हजार फस्र्योट गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ सम्म भैरवीको अद्यावधिक बेरुजू ३५ करोड ८७ लाख १० हजार पुगेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन यता आर्थिक वर्ष २०८०÷०८१ सम्म दुल्लु नगरपालिकाको अद्यावधिक बेरुजू ३८ करोड ६५ लाख २२ हजार पुगेको हो । दुल्लुमा २०८०÷०८१ मा ५ करोड १३ लाख ३ हजार बेरुजू देखिएको छ । प्रतिक्रियाबाट ६२ लाख ७३ हजार फस्र्योट गरिएको हो ।
दुल्लुको बाँकी बेरुजू ४ करोड ५० लाख ३० हजारमध्ये असुल गर्नुपर्ने ४३ लाख ५६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २१ लाख ७६ हजार, नियमित गर्नुपर्ने १ करोड ६७ लाख ६५ हजार र पेस्की बाँकी १७ लाख ३३ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म दुल्लुमा रहेको ३४ करोड १८ लाख १० हजार बेरुजूमध्ये ३ लाख १८ हजार फस्र्योट गरिएको थियो ।
यहाँको चामुण्डाविन्द्रासैनि नगरपालिकामा एक वर्षको अवधिमा ८ करोड ३ लाख १४ हजार बेरुजू थपिएको छ । चामुण्डामा आर्थिक वर्ष २०८०÷०८१ मा १ अर्ब २१ करोड ९ लाख ६३ हजारको लेखा परीक्षण गर्दा ८ करोड बढी बेरुजु थपिएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चामुण्डामा थपिएको ८ करोड ३ लाख १४ हजार बेरुजू बेरुजुमध्ये असुल गर्नुपर्ने ६१ लाख ३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ६३ लाख १ हजार, नियमित गर्नुपर्ने २ करोड ४१ लाख ७१ हजार र पेस्की बाँकी १ करोड ३७ लाख ३९ हजार रहेको हो । आर्थिक वर्ष २०७९÷०८० सम्म चामुण्डामा ३० करोड २६ लाख ७१ हजार बेरुजू बाँकी रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ सम्म चामुण्डाको अद्यावधिक बेरुजू ३८ करोड २९ लाख ८५ हजार पुगेको छ ।
दैलेखको पश्चिममा पर्ने ठाटिकाँध गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ३८ करोड ८९ लाख ३९ हजार रहेको छ । उक्त गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा मात्र ६ करोड ४२ लाख ९३ हजार बेरुजू थपिएको हो । प्रतिक्रियाबाट ७ लाख ८१ हजार फस्र्यौट गरिएको थियो ।
ठाटिकाँधको बाँकी ६ करोड ३५ लाख १२ हजारमध्ये असुल गर्नुपर्ने २० लाख ५४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड ५५ लाख ९३ हजार, नियमित गर्नुपर्ने ५५ लाख ५४ हजार र पेस्की बाँकी १ करोड ३ लाख ११ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷८० सम्म ठाटिकाँधमा ३२ करोड ५४ लाख २७ हजार बेरुजू बाँकी रहेको थियो ।
आठबिस नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ५ करोड ३० लाख २० हजार बेरुजू थपिएको छ । जम्मा बेरुजूमध्ये प्रतिक्रियाबाट ७ लाख ४६ हजार फस्र्योट गरिएको हो । बाँकी ५ करोड २२ लाख ७४ हजारमध्ये असुल गर्नुपर्ने ५३ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २ लाख ८२ हजार, नियमित गर्नुपर्ने २ करोड ६२ लाख २४ हजार र पेस्की बाँकी ४ लाख ४५ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म आठबीसको बेरुजू ५७ करोड २७ लाख ६० हजार बेरुजू बाँकी रहेको थियो भने ९ करोड २४ लाख ८७ हजार फस्र्योट गरिएको हो । सम्परीक्षणबाट ५ करोड ९ लाख ५४ हजार थप हुँदा आठबीस नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ५८ करोड ३५ लाख १ हजार रहेको हो ।






