संसद् पुनस्र्थापनाको माग गर्दै एमाले दैलेखको प्रदर्शन

दैलेख : नेकपा एमाले दैलेखले संसद् पुनस्र्थापनाको माग गर्दै यहाँका ११ वटा स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार एमाले दैलेखले जन निर्वाचित संसद् पुनस्र्थापना गर्नुपर्ने माग राख्दै जिल्लाभर प्रदर्शन गरेको हो । पार्टी केन्द्रले संसद् पुनस्र्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् । एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै आएको छ । संसद् पुनस्र्थापनाको माग राख्दै एमालेले देसभरका स्थानीय तहमा भेला र प्रदर्शन गरेको हो ।

प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै दैलेखको ठाटिकाँधमा मङ्गलवार सम्पन्न सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य विनोदकुमार शाहले आन्दोलनबाट बनेको सरकारले संसद् विगठन गर्न पाउने अधिकार नरहेको बताउँदै प्रतिनिधि सभाको पुनस्र्थापना पछि मात्र जेनजी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न सकिने बताए ।

उनले राज्य संविधानको दायरामा रहेर सञ्चालन हुनुपर्ने बताए । वर्तमान सरकार संविधान विपरीत गठन भएको छ । सयले मुलुकलाई निकास दिँदैन । सडकबाट बनेको सरकारले निर्वाचन गराउँछ भन्ने कल्पना गर्न सकिँदैन ।,’ केन्द्रीय सदस्य शाहले भने । उनले एमालेले चुनाव बहिष्कार नगरेको बताउँदै निर्वाचनका लागि उचित वातावरण नबनेकाले पार्टीले संसद् पुनस्र्थापनाको माग अघि सारेको बताए ।

एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउँदै शाहले शान्त वातावरणमा चुनाव भएको खण्डमा जनताले एमालेलाई बहुमत दिलाउने बताए । उनले भने, ‘एमालेले जनताको हित विपरीत काम गरेको छैन । ठुला विकास र मुलुकलाई समृद्धितर्फ एमालेले डोर्यायको हो । एमालेप्रति जनताको विश्वास छ । शान्त वातावरणमा निर्वाचन हुन्छ भने हाम्रो पार्टीले बहुमत ल्याउँछ ।,’

जेनजी आन्दोलनका नाममा भएको आन्दोलनले सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिले मुलुक बिस वर्ष पछि फर्केको उनले बताए । ‘निजी क्षेत्र राज्यको महत्त्वपूर्ण अङ्ग हो । आन्दोलनमा घुसपैठ गरेर सरकारीदेखि निजी सम्पत्तिमा ठुलो क्षति पु¥याइयो । यस्ता कार्यले मुलुक आर्थिक रूपमा पछि फर्किनुपर्ने अवस्थाको सिर्जना भएको छ ।,’ उनले भने, ‘लुटेराहरूको समर्थनबाट निर्माण भएको मुलुक अघि बढाउन सक्दै जनताबाट निर्वाचित संसदबाट सरकार निर्माण हुनुपर्छ ।,’

उनले वर्तनमान सरकार संविधान र जनताको चाहना विपरीत निर्माण भएको जनाउँदै समृद्ध नेपाल निर्माणमा एमाले कटिबद्ध रहेको बताए । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले नागरिकको जनजीवन उठाउन प्रदेश सरकारले योजना बनाएर काम गर्दै आएको समेत बताए । ग्रामीण वस्तिको विकास र समृद्धिका लागि स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई थियो ।

यता एमाले नारायण नगर कमिटिले आयोजना गरेको पर्दशन सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुर्य कुमारि श्रेष्ठले विभिन्न सड्यन्त्रमार्फत जननिर्वाचित सरकारलाई हटाएर मुलुकलाई अराजकता तिर लिन खोजिएको बताइन् । संविधान माथि हुने छेडखानी र जनपवरोधि कामर्यको एमाले सधै बिरोध गर्ने उनको भनाई थियो ।

संविधानको रक्षा र जन निर्वाचित संसद् पुनस्र्थापना गर्न सबै लोकतन्त्रवादि दल एक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सडकबाट घोषणा गरिएको सरकारले निर्वाचन गराउन सक्दैन् । संसद् पुनस्र्थापना गरी जनस्तरबाट उठेका मागलाई समाधान गर्नतर्फ लाग्नुपर्छ । जेनजी पुस्ताको माग सरकार परिवर्तन नभई सुशासनको माग हो ।,’ उनले भनिन् ।

जनप्रदर्शनका कार्यक्रममा बोल्दै एमाले कर्णाली प्रदेशका उपसचिव रविन्द्रराज शर्माले जेनजी आन्दोलनका नाममा भएको अराजकताले मुलुक विसको गतीमा पछि फर्कीनु परेको बताए । भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्तालाई प्रष्ट पारिएको उपसचिव शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार