हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट दुई सय बढी नागरिक लाभान्वित भएका छन् । मङ्सिर २६ र २७ गतेसम्म सञ्चालन भएको उक्त स्वास्थ्य शिविरबाट दुई सय ८९ जना लाभान्वित भएका हुन् ।
‘हेल्थ अस मेडिकल सेन्टर फार्मेसी’को आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा एक सय ९७ महिला र ९२ पुरुषले स्वास्थ्य जाँच गराएका उक्त मेडिकलका प्रमुख नारायण फडेराले जानकारी दिए । स्वास्थ्य जाँचका साथै उनीहरुलाई निशुल्क औषधी वितरणसमेत गरिएको हो ।






