दैलेखमा १ लाख ६१ हजार मतदाता

दैलेख  : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेखमा १ लाख ६१ हजार बढी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा दैलेखबाट १ लाख ६१ हजार २ सय ४ जना मतदाता कायम भएका हुन् ।

प्रकाशित अन्तिम नामावली अनुसार दैलेखमा ८१ हजार ९९ पुरुष र ८० हजार १ सय ५ महिला मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखमा १ सय ३९ मतदान स्थल र २ सय ८ मतदान केन्द्र काय भएका जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले जनाए । मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिवार अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ७९ हजार ५ सय २० र महिला ७९ हजार ४ सय ३८ गरी कुल दैलेखमा कुल मतदाताको सङ्ख्या एक लाख ५८ हजार ९ सय ५८ रहेको थियो । २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या २ हजार २ सय ४६ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या १ हजार ५ सय ७९ र महिला मतदाताको सङ्ख्या ६ सय ६७ ले वृद्धि भएको हो ।

यस्तै, दैलेखका ११ स्थानीय तहमध्ये सबै भन्दा बढी मतदाता दुल्लु नगरपालिकामा रहेका छन् । आगामी निर्वाचनमा दुल्लु नगरपालिकाबाट २६ हजार ५ सय ७२ मतदाता रहेका छन् । जम्मा मतदातामध्ये पुरुष १३ हजार ३ सय ५० र महिला १३ हजार २ सय २२ जना रहेका हुन् ।

यहाँको गुराँस गाउँपालिका जम्मा मतदाता १३ हजार ७ सय ९१ छन् । गुराँसमा पुरुष मतदाता ६ हजार ९ सय ७८ र महिला मतदाता ६ हजार ८ सय १३ छन् । डुङ्गेश्वर गाउँपालिकामा आगामी निर्वाचनमा १० हजार ६ सय ६५ सहभागिता जनाउन पाउने छन् । पुरुष ५ हजार ३ सय ५१ र महिला ५ हजार ३ सय १४ जना गरी डुंगेश्वरमा १० हजार ६ सय ६५ मतदाता कायम भएका हुन् ।

नारायण नगरपालिकामा कुल मतदाता सङ्ख्या १८ हजार ३ सय ९४ रहेको छ । जसमा पुरुष ८ हजार ८ सय ८८ र महिला ९ हजार ५ सय ६ रहेको हो । नौमुले गाउँपालिकामा मतदाता सङ्ख्या १२ हजार ६ सय ६१ कायम भएको जनाइएको छ । जसमा पुरुष ६ हजार ४ सय ५८ र महिला ६ हजार २ सय ३ जना रहेका छन् ।

भगवतीमाई गाउँपालिकामा ११ हजार ५ सय १५ मतदाता कायम भएका छन् । जसमा पुरुष ५ सय ९ सय ३५ र महिला ५ हजार ५ सय ८० छन् । महावु गाउँपालिकामा ६ हजार २ सय १४ पुरुष र ६ हजार ४ सय ६१ महिला गरी जम्मा मतदाता सङ्ख्या १२ हजार ६ सय ७५ रहेको छ ।

आठबीस नगरपालिकामा १६ हजार ५ सय ८८ मतदाता कायम भएका छन् । जसमा पुरुष ८ हजार ३ सय ८० र महिला ८ हजार २ सय ८ छन् ।
यहाँको चामुण्डाविन्द्रासैनि नगरपालिकामा आगामी निर्वाचनका लागि १४ हजार ८ सय ८० मतदाता कायम भएका छन् । जसमा पुरुष ७ हजार ६ सय ९५ र महिला ७ हजार १ सय ८५ रहेका छन् ।

ठाटिकाँध गाउँपालिकामा १० हजार ३ सय २८ मतदाता कायम भएका छन् । जसमा पुरुष ५ हजार २ सय ७६ र महिला ५ हजार ५२ कायम भएका हुन् । भैरवी गाउँपालिकामा आगामी निर्वाचनका लागि १३ हजार १ सय ३५ मतदाता कायम भएका छन् । जसमा पुरुष ६ हजार ५ सय ७४ र महिला ६ हजार ५ सय ६१ जना मतदाता कायम भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार