स्वास्थ्य संस्था सुदृढीकरण गर्न बजेट

सुर्खेत ः कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले सुर्खेतको पंचपुरी नगरपालिका स्थित सालकोट अस्पतालको लागि १ करोड बजेट दिने निर्णय गरेको हो ।

त्यस्तै, दैलेखको दुल्लु नगरमा रहेको दुल्लु अस्पतालको लागि १ करोड र जुम्लाको हिमा गाउँपलिकाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि १ करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोद कुमार शाहले जानकारी दिए ।

मन्त्रीपरिषदको बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि साठी लाख रुपैयाँ सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन एकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

दरबन्दी अनुसारका कर्मचारी नहुँदा काम गर्न समस्या भन्दै अस्थायी दरबन्दी सिर्जना गरेर पदपुर्ती गर्न लागिएको बताएको छ । स्वास्थ्य संस्थामा बजेट नहुँदा काम गर्न समस्या भएको भन्दै बजेट व्यवस्थापन गरिएको बताएको छ । पालिकासँग भएको बजेट अपुग भएपछि प्रदेश सरकारले उक्त ठाउँमा बजेट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार