उम्मेदवारका विकासे ‘प्रतिबद्धता’

दैलेख : नेपालको संसदीय प्रणालीमा प्रतिनिधि सभा सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । संसदीय अभ्यासअनुसार प्रतिनिधि सभा सदस्यले कानुन निर्माण, सरकार निर्माण, बजेट पारित, संसदीय निगरानी, संसदीय समितिमा सहभागिता, संवैधानिक सुनुवाइ लगायतका कामहरू गर्नुपर्ने हुन्छ । राज्य सञ्चालनका निम्ति नीति निर्माणको भूमिकामा पुग्ने प्रतिनिधि सभा सदस्यले निर्वाचनका समयमा जनमत आफ्नो पक्षमा पार्न विकासे ‘प्रतिविद्धता’लाई मुख्य एजेन्डा बनाउँने गरेका छन् ।

आसन्न निर्वाचनका लागि मतदाताको घरदैलोमा पुग्ने उम्मेदवारहरूले नीतिगत सुधारका लागि कानुन निर्माण लगायत अन्य संसदीय कुरा भन्दा पनि सामान्य विकासे ‘एजेन्डा’ लाई प्रमुखता दिने गरेका हुन् । दैलेखका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २१ जना उम्मेदवारले मतदातामाझ छन् । मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित स्वतन्त्र सहितका उम्मेदवारले भौतिक विकासकालाई केन्द्रमा राख्दै आफ्ना ‘प्रतिबद्धता’ सार्वजनिक गरेका हुन् ।

दैलेख–१ मा ९एमाले०का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका रवीन्द्रराज शर्माले छ वटा विषयलाई ‘प्रमुखता’ दिँदै चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चार लगायतका विषयहरू समेटेर उनले सार्वजनिक गरेको ‘प्रतिविद्धता’ पत्रमा जिल्लाको समग्र भौतिक विकासलाई ‘प्रमुखता’ दिइएको छ । स्थानीय स्तरमा रोजगारी र कृषि वस्तुको उत्पादनमा एकाग्र भएर लाग्ने उल्लेख गरिएको शर्माको ‘प्रतिबद्धता’ पत्रमा भौतिक विकासतर्फका उन्नाइस बुँदा समावेश छन् ।

भ्रष्ट्राचारमा शून्य सहनशीलता कायम गर्ने उल्लेख गर्दै शर्माले कृषि, उद्योग, जडीबुटी, सङ्कलन तथा प्रशोधनका माध्यमबाट व्यावसायिक रूपमा उद्योग सञ्चालन गर्दै रोजगारीको सृजना गरी ‘एक घर एक रोजगार’को नीतिलाई प्रतिबद्धता पत्रमा अघि सरका छन् । दैलेखको पेट्रोलियम पदार्थ (ग्यास) उत्खनन कार्यलाई शर्माले प्रमुख ‘एजेन्डा’ बनाएका हुन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न यहाँको नौमूले, वेस्तडा, डुंङ्गेश्वर, महाबु लगायतका स्थानमा जडीबुटी सङ्कलन–प्रशोधन केन्द्र स्थापना गरिने उनको ‘प्रतिबद्धता’ पत्रमा उल्लेख छ ।

सुकुम्वासी समस्या समाधान गर्न लालपुर्जा वितरण प्रक्रिया छरितो अपनाइने लगायतका विषय समावेश गरिएको उनको ‘प्रतिबद्धता’ पत्रमा कृषितर्फ बाझो रहेको जमिनलाई भूमि बैङ्क स्थापना गरी उत्पादनमा जोड दिँदै रोजगारीको सृजना गरिने, यहाँका सबै पालिकाहरूमा एक–एक नमुना विद्यालयका बनाउन आवश्यक पूर्वाधार र प्रक्रियामा जोड दिइने, नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रमतर्फ जोडेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने लगायतका जनता केन्द्रित विषय शर्माको प्रतिबद्धता पत्रमा समावेश छन् ।

दैलेख–१ मा चुनावी मैदानमा रहेका अन्य उम्मेदवार भन्दा शर्माको प्रतिबद्धता पत्रमा सञ्चार तर्फको विकासलाई समेत समेटिएको छ । उनले पालिका हुँदै वडा सदरमुकामसम्म फाइवर नेट सुविधा विस्तार, टेलिफोन सेवालाई प्रभावकारी बनाउन आवश्यक स्थानमा टेलिफोनका टावरको स्थापना र (रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन) लगायतका सञ्चार माध्यमको पहुँच वृद्धिका निम्ति प्रवद्र्धनका विषय उठाएका हुन् ।

नेपाली काँग्रेस दैलेख–१ का उम्मेदवार वासना थापाले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता सहित निर्वाचन लक्षित एघार बुँदे प्रतिज्ञाहरू सार्वजनिक गरेकी छन् । उनले आफ्नो प्रतिज्ञा पत्रमा सुशासन र सुदृढ सङ्घीयताको लागी एक विधायकको रूपमा प्रतिनिधि सभामा सशङ्क भूमिका निर्वाह गर्ने उल्लेख गरेकी हुन् । प्रशासनिक ढिलासुस्ती भ्रष्टाचारको अन्त्य, समृद्ध नेपाल निर्माणका लागि परिणाममुखी कानुनी सुधार र रूपान्तरणकारी विकासको मार्ग प्रशस्त गर्ने कानुन निर्माणका लागी प्रतिबद्ध रहेको थापाको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

उनको प्रतिज्ञा पत्रमा नीति निर्माणका केही विषय उल्लेख गरिएको भए पनि उनले पेट्रोलियम उत्खनन लगायत भौतिक विकासलाई प्राथमिकता दिएको पाइन्छ । उनले आफ्नो प्रतिज्ञा पत्रमा पर्यटन प्रवद्र्धन र जलविद्युत विकाससँगै लगानीलाई प्राथमिकतामा राखेकी छन् । युवा उद्यमशीलता र महिला नेतृत्व विकासका विषयहरू उनको प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ । युवाहरूलाई खाडी जानबाट रोक्न स्थानीय स्तरमा रोजगारी अवसर सिर्जन गरिने लगायतका विषयहरू थापाको प्रतिज्ञा पत्रमा उल्लेख गरिएको छ ।

यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बर बहादुर थापाले छ वटा विषयलाई मूल प्रतिविद्धताका रूपमा अघि सारेका छन् । उनले गरिबी, भोकमरी, कुपोषण र असमानताको अन्त्य, उत्पादनमुखी स्थानीय अर्थतन्त्रको निर्माण तथा सबलीकरण, गुणस्तरीय रोजगारमूलक शिक्षा र सर्वसुलभ स्वास्थ्यको व्यवस्था, रोजगारी, आत्मनिर्भरता र सम्मानजनक जीवनयापनका अवसरहरू सिर्जना मूल प्रतिविद्धताका रूपमा अघि सारेका हुन् ।

यस्तै, सुद्ध जनसहभागिता सहितको सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त राजनीतिक संस्कारको विकाससँगै सामाजिक न्याय, दिगो विकास र वातावरण संरक्षण नीति तथा कार्यक्रम सञ्चालन गरिने थापाका मूल प्रतिवद्धताहरु रहेका छन् । उनले प्रतिबद्धता पत्रमा कृषि, खाद्य र ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी र युवा उद्यमशीलता लगायतका विषय उनले सार्वजनिक गरेको प्रतिवृद्धतामा उल्लेख छ । थापाको प्रतिबद्धता पत्रमा समेत अन्य विषय भन्दा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार रामलाल विश्वकर्माले पन्ध्र बुँदामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विश्वकर्माले नीतिगत सुधार भन्दा पनि भौतिक विकासलाई प्राथमिकता दिँदै प्रतिबद्धता सार्वजनिक गरेका हुन् । सुर्खेत–दैलेख सडक डबल लेनमा स्तरोन्नति, महाबु हुँदै नाग्छे–नाग्ला सडक निर्माण, निर्वाचन क्षेत्रमा रहेका सडक सञ्जाललाई मध्यपहाडी लोकमार्ग र सुर्खेत–दैलेख सडकसँग जोड्ने तथा यातायात क्षेत्रलाई व्यवस्थित लगायतका विकासे प्रतिविद्धतालाई उनले प्रमुखता दिएका छन् ।

उनको प्रतिवृद्धतामा यहाँको भैरवी–१ स्थित पेट्रोलियम पदार्थ उत्खनन र प्रशोधनका लागि पहल गर्ने उल्लेख गरिएको छ । पर्यटन विकासतर्फ पञ्चकोशी, बेलासपुर, भगवतीमाई तीर्थस्थल धार्मिक पर्यटन, पञ्चदेवल–कोतगढी ऐतिहासिक पर्यटन तथा रानीमत्ता–महाबु–द्वारी झरना, कट्टी सुयाडा, कुइया ताल, चमेरो गुफा, लालीकाँडा पर्यटकीय स्थल आदिलाई प्राकृतिक पर्यटन स्थलको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने लगायतका विषय विश्वकर्माको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा रहेका स्वतन्त्र सहित अन्य दलका उम्मेदवारले समेत यहाँको भौतिक विकासलाई प्रमुखता दिँदै जनतामाझ पुगेका छन् । नीति निर्माणका माध्यमबाट सामाजिक, आर्थिक लगायतका विकासमा मद्दत गर्नुपर्ने प्रतिनिधि सभामा जाने उम्मेदवारले विकासे आशा देखाएर मत आफ्नो पक्षमा पार्ने दाउमा रहेको पाइन्छ । दलका उम्मेदवार समक्ष मतदाताले मुलुकको थप विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार