काँग्रेसका थापाको अग्रता कायम

दैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना चली रहँदा दैलेख क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार वासना थापाले अग्रता कायम राखेकी छन् । यस क्षेत्रमा पर्ने छ स्थानीय तहमध्ये गुराँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा थापाले दुई हजार ५ सय मत प्राप्त गरेकी छन् ।

एक पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका रविन्द्रराज शर्माले एक हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । यस्तै, रास्वपाका नन्दकिशोर बस्नेतले एक हजार ८ सय २९, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले एक सय ८८, राप्रपाका रणबहादुर सिंहले एक सय ५ मत प्राप्त गरेका हुन् ।

यसैगरी, ९राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले १६, ९नेकपा माओवादी० का रामलाल विश्वकर्माले एक सय १, आम जनता पार्टीका मेनका श्रेष्ठले ५ र स्वतन्त्र उम्मेदवार लोगबहादुर बोगटीले २ मत मात्र प्राप्त गरेका हुन् । गुराँसमा सात हजार १ सय १९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार