दैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा दैलेख क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल अघि रहेका छन् । आठबीस नगरपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा पोखरेलले तीन सय ६९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।
दैलेख २ मा नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीले एक सय ८६ मत प्राप्त गरेका छन् । रास्वपाका बखत बहादुर शाहीले एक सय २३, नेकपाका योगेन्द्र बहादुर शाहीले ६०, राप्रपाका बविता कुमारी शाहीले १०, ९राष्ट्रिय जनमोचाका कमल बहादुर बरै मगरले १ मत पाएका हुन् ।
यसैगरी, नेकपा माओवादीका कलम सिंहले एक सय २५, नेमकिपाका बखत बहादुर थापाले ३५, आम जनता पार्टीका तिर्था कुमारी बशीं मगर विकले १, स्वतन्त्र लाल बहादुर कठायतले ४ र अर्का स्वतन्त्र हिम बहादुर शाहीले ० मत पाएका छन् ।






