जसले जोगाउन सकेनन् ‘जमानत’

दैलेख : यहीँ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेखका दुई वटा निर्वाचन क्षेत्रमा स्वतन्त्र सहित राजनीति दलका २१ जना चुनावी मैदानमा होमिए । जनमत आफ्नो पक्षमा पार्न मतदाता समक्ष लोकप्रिय एजेन्डा बाडेका केही उम्मेदवारले जमानत जोगाउन सकेनन् । सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जनमत जफत भएको हो ।

दैलेख–१ बाट निर्वाचनमा सहभागी भएका दश जना उम्मेदवारमध्ये छ जनाको जमानत जफत भएको छ । यस निर्वाचन क्षेत्रमा राप्रपाका रणबहादुर सिंह, नेमकिपाका जगतवहादुर वली, नेकपा माओवादीका रामलाल विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंह, स्वतन्त्र उम्मेदवार लोकबहादुर बोगटी र आम जनता पार्टीका मेनका श्रेष्ठको जमानत जफत भएको छ ।

दैलेख–२ मा उम्मेदवारी दिएका ११ जनामध्ये सात जनाको जमान जफत भएको छ जसमा नेमकिपाका बखत थापा, राप्रपाका बबिता शाही, नेकपा माओवादीका कलम सिंह, राष्ट्रिय जनमोर्चाका कमल बरैमगर, स्वतन्त्र उम्मेदवार हिम बहादुर शाही, आम जनता पार्टीका तिर्था बंसिमगर र स्वतन्त्र उम्मेदवार लाल बहादुर कठायतको जमानत जफत भएको हो ।

दैलेख–१ मा ३७ हजार ५ सय ७५ र क्षेत्र न–२ मा ३६ हजार ५ सय १३ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने १३ जनाको जमानत जफत भएको हो । दुई निर्वाचन क्षेत्रमध्ये दैलेख–१ मा नेपाली काँग्रेसका बासना थापा भएकी छन् । उनले एमालेका रबिन्द्रराज शर्मालाई पराजित गरेकी हुन् । यस्तै, दैलेख–२ एमालेका लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन् । पोखरेलले नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार