दैलेख : स्थानीय स्तरका नागरिकको स्वास्थ्य सेवामा योगदान पु¥यायको भन्दै दैलेखको नारायण नगरपालिका वडा नम्बर ६ ले महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरेको छ । वडा तहको स्वास्थ्य सेवामा योगदान पु¥यायका ६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई बिहीबार एक कार्यक्रमकाबीच नगद सहित सम्मान गरिएको हो ।
६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई नगद आठ हजार ३ सय सहित सम्मान गरिएको वडा अध्यक्ष जनक प्रसाद न्यौपानेले बताए । समाजमा स्वास्थ्य सेवाका माध्यमबाट योगदान पु¥यायका महिला स्वयम सेविकालाई नगद सहित सम्मान गरिएको वडा अध्यक्ष न्यौपानेले भनाई छ ।
ग्रामीण स्तरमा महिला स्वयम सेविकाले स्वास्थ्यका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आउनुभएको अध्यक्ष न्यौपानेले बताए । ‘स्थानीय सरकारको उद्देश्य स्वस्थ र निरोगी समाज निर्माण गर्नु हो । विभिन्न तवरले हामी स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका छौँ । महिला स्वास्थ्य स्वयम सेविकालाई थप प्रेरणा प्रदान हुने गरी नगद सहित सम्मान गरेका हौँ ।,’ अध्यक्ष न्यौपानेले भने ।






