‘विकासको बाधक निर्माण व्यवसायी’

सुर्खेत : भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाइले भेरी कोरिडोरको विकासको वाधक निर्माण व्यवसायी भएको आरोप लगाएका छन् । उनले भेरी कोरिडोर सडक योजनाको अनुगमन गर्दै लामो समयसम्म ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीका कारण भेरी कोरिडोरमा पुलको काममा बाधा पुगेको बताएका हुन् । क्याराभान हिराचन जेभी जाजरकोटको नलगाड नगरपालिका भित्र मात्र पाँच पुल अलपत्र पारेको उनले जानकारी दिए । उनले भने, ‘झुर्मेखोला, नलगाड नदी, त्रात्रगाड, ताक्सुगाड स्थित चौखा र मैदेखोलामा मोटरेवल पुलको ठेक्का लिएर पाँच वर्षदेखि अलपत्र पारेको पाइयो ।,’

नलगाड खोला, झिर्मेखोला क्याराभान हिराचन जेभीले कामको जिम्मेवारी २०७७ माघ २ गते लिएको थियो । उक्त पुल निर्माण गर्ने अन्तिम मिति सकिएर धेरै पटक म्याद थप्ने काम भइसकेको छ । त्यस्तै त्रातखोला, मैदेखोला र तासुखोलामा २०७७ माघ २ गते रायमाझी क्याराभानले लिएको ठेक्काका पुल अलपत्र छन् । त्यस्तै, डोल्पाको सदरमुकाम दुनैबाट लासिक्याप सम्मको २५ किलोमिटर सडक समेत चार वर्ष सम्मा २० प्रतिशत काम भएको पाइएकाले यस विषयमा समेत आफू चिन्तित भएको उनले बताए । काम नगर्ने तर ठेक्का मात्र लिने पद्धतिको अन्त्य हुनुपर्ने मन्त्री चौलागाइले जानकारी दिए ।

लासिक्याप हुँदै सिस्योल सम्मको ३३ किलोमिटर सडक नेपाली सेनालाई निर्माण जिम्मेवारी दिने निर्णय मन्त्री परिषदबाट भएपछि स्थलगत रूपमा अनुगमनमा आउनुभएका मन्त्री चौलागाइले काम नगर्ने भए ठाउँ खाली गर्न समेत निर्माण व्यवसायीलाई चेतावनी दिए । त्यस्तै जाजरकोटको तल्लु, डोल्पाको खदाङ र छलगाडमा समेत पुल निर्माणमा बाधा पुगेको भन्दै उनले यो समस्या तत्काल समाधान गरिने समेत जानकारी दिए ।

जाजरकोटको तल्लुबगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभी चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ मा सम्झौता भएको थियो । भेरी कोरिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म दुई हजार ३ सय १५ किलोमिटर लम्बाई रहेको छ । भेरी कोरिडोरको जम्मा लम्बाई तीन सय १० किलोमिटर रहको छ । अहिले पासागाड–रिम्ना हुँदै तल्लु बगरसम्म कालो पत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा बर्सेनि सास्ती हुँदै आएको छ । अहिले एकाध ठाउँमा बेलिब्रिजबाट भेरी नदीमा पुल निर्माण भएपछि कम भारबहन क्षमता भएका ट्रकहरू डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायले अलपत्र परेका पुलहरू निर्माण गर्नका लागि सहयोग गरिदिन मन्त्री चौलागाइलाई आग्रह गरे ।

त्रिदेशीय मार्गको रूपमा विकास भएको यो सडक जति छिटो सम्पन्न हुन्छ, त्यति कर्णालीको विकास र समृद्धिको आधार तयार हुने उनको भनाई रहेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले अलपत्र आयोजनाका विषयमा सरोकारवालासँग पटक, पटक छलफल भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराएको बताइन ।

उनले भनिन, ‘निर्माण व्यवसायीसँग हामीले सर्वपक्षीय बैठक गरेर अन्तिम पटक चेतावनी दिँदै लिखित कागज गरेको छौँ । काम नगरेर विकासमा ढिला सुस्ती गर्दा डोल्पा जिल्लालाई विकासको मूलधारमा ल्याउन केही बाधा सिर्जना भएको छ । सरोकारवाला सबैले सकारात्मक खबरदारी गरिरहनुभएको छ ।’,

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार