कर्णप्रखर धिताल संविधानसभा निर्वाचन दोस्रो संस्करणका परिणामहरू सकिंदानसकिंदै राजनीतिका विश्वास गर्न नसकिने गाईजात्राहरू देखिन थालेका छन् । सुरुमा एमाओवादीले एउटा गाईजात्रा प्रदर्शन ग¥यो, निर्वाचन परिणाम नै नस्वीकार्ने भनेर । उसले सम्पूर्ण निर्वाचन प्रक्रियामा धाँधली भएको देख्यो र ठूलठूलो स्वरमा संविधानसभामा नै नजाने ‘गर्जन’ ग¥यो । प्रचण्ड आफ्नो विचारमा चौबीस घण्टा पनि अड्न सक्दैनन् भन्ने सत्य दुनियाँलाई थाहा थियो, उनले आफ्नो चरित्रअनुरूप एउटा कथित सहमति नामको कागज बनाए र त्यसैको नक्क्ली आधारमा संविधानसभामा जाने भए ।
दोस्रो गाईजात्रा राप्रपा नेपालले प्रदर्शन ग¥यो । प्रत्यक्षतर्पm एक सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिकतर्पm २४ सिट जित्यो । तर त्यो जीत उसलाई ‘कुकुरलाई घ्यू नपचेको’जस्तै भयो । पार्टीले सिफारिश गरेका नामहरूमा व्यापक असन्तुष्टिका स्वरहरू उठे र अन्ततः त्यसले पार्टी नै विभाजित हुने हदसम्मको गाईजात्रा देखायो । अहिले कोही मान्छे सभासद हुनुको कति ‘महत्वपूर्ण’ अर्थ छ र सभासद हुन के–कस्तो योग्यता चाहिंदोरहेछ भन्ने कुरा राप्रपा नेपालले छनौट गरेका नामहरूबाट पनि प्रष्ट हुन्छ । टेलिभिजनका पर्दाहरूमा कसैलाई कालो मोसो दल्ने र कसैलाई पूmलको माला पहि¥याइदिने कार्यकर्ताहरूको ‘विवेक’को गाईजात्रा पनि त्यो पार्टीमा देख्न पाइयो ।
एमालेका केही युवा कार्यकर्ताहरू ‘रगतको मूल्य’ माग्दै सडकमा उत्रिएका छन् । पार्टीका लागि बलि चढ्न तयार भएका कार्यकर्ताहरू, पार्टी निर्माणमा ‘मिथक’ बनेका कार्यकर्ताहरू समानुपातिक सभासद बन्न नसक्ने तर पार्टीका चंखे, चतुरेहरू सजिलै सभासद बन्ने प्रवृत्तिका विरुद्ध भएको विद्रोह एमालेले देखाएको अर्काे गाईजात्रा हो । विभिन्न जिल्लाहरूमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेर एमाले कार्यकर्ताहरूले थप गाईजात्रा देखाएका छन् ।
कांग्रेसमा पनि यही समानुपातिक सभासद चयनको विषय ‘नोट अफ डिसेन्ट’को गाईजात्रा तहसम्म पुग्यो । नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरूले नाता, चाकडी र पैसाको खेलमा सभासद्हरूको छनौट गरिएको आरोप लगाउँदै ‘नोट अफ डिसेन्ट’ लेखे ।त्यहाँ समानुपातिकतर्पmका सभासदको भागबण्डा ६० र ४० प्रतिशतको अनुपातमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले बाँडफाँड गरेको देखियो । त्यसमाथि थप गाईजात्रा के देखियो भने कांग्रेसलाई निर्वाचनपूर्व पाँचजना धनाढ्यहरूले ठूलो रकमले सहयोग गरेका रहेछन् । ती पाँचमध्ये एकजना मात्र शेरबहादुर देउवाले नाम सिफारिश गरेका धनाढ्य परेछन् । सभापति सुशील कोइरालाले यी पाँचै जनालाई सभासद बनाउनुपर्ने र ६०÷४० को अनुपातमा कोटामा पार्नुपर्ननसस्े प्रस्ताव गरे । देउवाले आपूmले एकजनासँग मात्र धनराशी लिएको र आफ्नो कोटामा एक जनालाई मात्र राख्न सक्ने अडान लिएपछि विचरा धनाढ्यहरू कोही पनि सभासद बन्न सकेनन् । कार्यकर्ता नामका प्राणीहरू तै पनि यो घटनाचक्रलाई एउट ा गाईजात्रा मात्र मानेर रमाइलो गरिराखे ।फोरम लोकतान्त्रिकका नेता विजय गच्छदारले नेता कार्यकर्ताभन्दा पैसावालहरूलाई बढी रोजे भने, राजेन्द्र महतो र अनिल झाले आ–आफ्ना श्रीमतीलाई । उता शरद्सिंह भण्डारी आफै अविश्वास प्रस्तावको घेराउमा परेका छन् । संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न हुँदा नहुँदै लोकतन्त्र नामको व्यवस्था राजनीतिको एउटा भद्दा मजाकमा परिवर्तित भएको छ । अर्थात् दलहरू देश, जनता, सिद्धान्त र विचारहरूप्रतिभन्दा नेताहरूका स्वार्थपूर्तिका साधन मात्र बन्न पुगेका छन् । कार्यकर्ता रमिते मात्र । वाह लोकतन्त्र ! मन्दविषद्वारा देश समाप्त गर्ने गजबको साधन पो रहेछ






