चुनौतीमा दैलेखको शिक्षा

अन्रतवार्ता ।
जिल्लामा पछिल्लो समयमा शिक्षा क्षेत्रमा निकै ठूला चुनौतीहरु देखिएका छन् । शिक्षामा देखिएका चुनौती र त्यसको समाधानका लागि जिल्लामा   गरिएका केही बिशेष पहलहरु जो निकै सा्रहनिय भएका छन् । जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको पालादेखी सुरु भएको दैलेखको शिक्षाको स्तर सुधारलाई महत्वपूर्ण नितिमा परिणत गर्न पछिल्लो समयमा दैलेखको जिल्ला शिक्षा अधिकारी हुनु भएका दिपेन्द्र सुवेदीले ८ महिनाको अवधिमा निकै सुधारात्मक कामको थालनी गर्नुभएको छ ।
गोरखा जिल्ला टाकुकोट ५ मा जन्मनुभएका सुवेदी २०४८ सालबाट शिक्षक पेशाबाट सेवा सुरु गर्दे २०५२ सालबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । पछिल्लो समयमा २०६८ । १ । १८ गतेदेखी दैलेखको जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी पाए पश्चात छोटो समयमा भएका केही उपलब्धि र चुनौतीका बारेमा उहाँसँग धमाका दैनिकका सम्पादक बिष्णु शर्माले शनिवार गरेको कुराकानीको महत्वपूर्ण अंश प्रकाशित गरेका छौं ।
छोटो समयमा जिल्लामा धेरै काम गर्नुभयो भन्ने सुनिएको छ । के के उपलब्धिमुलक कामहरु भए तपाँईको कार्यकालमा ?
दैलेखको शिक्षा क्षेत्रमा भएका कमिकमजोरी हरुलाई हटाई नयाँ शैक्षीक क्षेत्रको रुपमा सुरुवात गर्ने अभिप्राय बोकेर म दैलेख आएको थिएँ छोटो समयमा समेत केही उल्लेख्य कुराहरु गर्न सफल भएको मेरो बिश्लेषणमा छन् । ती उपलब्धिहरु मध्ये
शिक्षक दरबन्दि मिलानको काम सम्पन्न भएको छ ।
शिक्षक विद्यार्थी प्रमारिकरण भएको छ ।
विद्यालयका राम्रा नराम्रा पक्षहरुको फिल्डस्तरमै गएर पहिचान र समाधानका प्रयासहरु भएका छन् ।
सुपरीवेक्षण निकै प्रभावकारी भएपछि विद्यार्थीैहरु नियमित रुपमा पठन पाठन सुरु गर्न सक्ने भएका छन् ।
जिल्लामा रहेका स्थानीय गैर सरकारी संघ संस्थाका साथै अन्य अन्तराष्ट्रिय निकायहरुसँग समन्वय गरेर जिल्लाभर साक्षरता अभियान संचालन गरेका छौं । जस अन्र्तगत निरक्षरताको प्रमाण पत्र वितरण गरि उनीहरुलाई शाक्षर बनाई पुनः साक्षरताको प्रमाणपत्र दिलाउने प्रयास गरिरहेका छौं ।
यी सँगै जिल्लामा अन्य के के कामहरु गर्नुभयो । यी कामहरु कागजमा मात्र सिमित भए की या कार्यान्वयन समेत भएका छन् ?
निकै राम्रो प्रश्न गर्नुभयो त्यसको लागि धन्यावाद हामिले कागजमा मात्र सिमित नभै व्यावहारीक रुपमा लागुगर्न सकिने क्रियाकलापहरुलाई मात्रै निर्णय सँगै कार्यान्वयनको प्रक्रियामा लगेका छौं त्यसको अलावा ५५ वटै गाविस र नगरपालिकामा गाउँ शिक्षा योजना र नगर शिक्षा योजना बनाइएको र जसको अन्तिम चरणमा पुगेको छ । यसको लागि थप पहल गर्नु जरुरी देखिन्छ । विगतदेखी जिल्लामा समस्याको रुपमा रहेको होम सेन्टर परिवर्तनको लागि समेत निकै महत्वपूर्ण निर्णय भएको छ । ४ वटा सेन्टर थपेर होम सेन्टर हटाउने कार्य भएको छ । कार्यलयको अभिलेख पारदर्शी रुपमा चुस्त र दुरुस्त भएको छ । जिल्ला शिक्षाका गतिविधिहरुलाई समेटेर जिल्ला शिक्षा कार्यालय र दैलेख स्कुल परियोजनाको सहयोगमा     रेडियो कार्यक्रम हाम्रो शिक्षा समेत रेडियो धुव्रतारा एफ एमबाट प्रसारण भैरहेको छ भने परियोजना अन्र्तगत शिक्षकहरुलाई तालिम लगायतका कामहरु भएका छन् ।
शिक्षा समितिको पुर्न गठन भई दरवन्दि मिलान र शिक्षक सरुवाजस्तो महत्वपूर्ण काम सम्पन्न भएको छ ।
अँझै गौरव गर्नुपर्ने कुरा के हो भने दैलेख मध्यपश्चिमका १६ जिल्लामध्ये कार्यसम्पादनको आधारमा प्रथम भएको छ , त्यसको प्रमाणपत्र समेत पाएका छौं तर अव यही गतीलाई सँधै आगडि बढाएर लिन सकियो भने जिल्लाको शैक्षिक स्तर निकै माथि पुग्ने देखिन्छ ।
यो सँगै अनिवार्य तथा निशुल्ःक शिक्षा कार्यक्रमको लागि १२ वटा स्रोत केन्द्र र १२ गाविसमा सुरुवात भएको छ । कार्यलयबाट अनुगमन जानको लागि आवश्यक पर्ने गाडि र बाटोको समेत पूर्वाधार निर्माणमा पहल गरीयो यती छोटो समयमा यी निकै महत्वपूर्ण कामहरु भएको मेरो बिश्लेषण छ ।
तपाँईले निकै महत्वपूर्ण कामहरुको सुरुवात पनि गर्नुभएको छ कतिपय कामहरु सम्पन्न भएका छन् । कतिपय अधुरै छन् तर बिवाद पनि यदाकदा सुनिएको छ । यस्ता कामहरु गर्दाखेरी तपाँइलाई के के चुनौतीहरु देखा    परे ?
बिष्णु जि नेपालको राजनीति परिवेश यतीवेला निकै जटील मोडमा उभिएको छ । कुनै एकजनाले सिंगो परिवर्तन गरिदिन्छु भनेर भन्न निकै चुनौतीको कुरा हो । तर हामीले ल्याएको योजनालाई जिल्लामा रहेका विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न शैक्षिक संघ संस्थाबाट प्रतिनिधित्व गर्नुभएका प्रमुख प्रतिनिधिहरु, कार्यालयका कर्मचारी र आम जिल्लाबासीहरुको महत्वपूर्ण सहयोगले विभिन्न नयाँ कामको थालनी समेत गरिएको छ तर त्यससँगै देखिएका केही चुनौतीहरु पनि छन् । जसलाई अवको जिल्ला संचालनको जिम्मेवारी बोक्नुभएका महानुभावहरुले पुरा गर्नुभयो भने पक्कै पनि दैलेख जिल्लाको शैक्षिक स्तरमा ठूलो परिवर्तन हुने मैले आशा लिएको छु ।
ती के के हुन् भने ।
विद्यालय सुधारका लागि रणनिति योजना बनेको छैन् जसका लागि विद्यालय व्यावस्थापन समिति र प्र.अंले गम्भिर भएर आफ्नै विद्यालय सम्झेर विद्यालय सुधारको चिन्तन गर्न सकेमा निकै राम्रो हुने देखिन्छ जसका लागि हामीले सम्वन्धित निकायलाई ताकेता गरेका छौं त्यो पुरा हुन्न की भन्ने चुनौती छ ।
अधिकाँस विद्यालयहरुको भौतिक पूर्वाधार खस्कदो छ , प्राधानाध्यापकहरुको पद व्यावस्थापन हुन नसकेकोले शैक्षिक क्षेत्रमा समस्या देखिएको छ यसको समाधान गर्नुपर्दछ ।
पठनपाठनमा गुणस्तरियता नभएकोले समस्या उत्पन्न भएको छ । विद्यार्थीलाई गुणात्मक मुल्याँकन भन्दा नाम लेखाएपछि मात्रै पास गराईदिने परम्परा रहीआएको त्यसको अन्त्य हुनुपर्दछ ।
जिल्लाका शाझा मुद्दाहरुका बारेमा राजनीतिक दल, संघ संगठनहरुले मेरो पालामा जुन किसीमको एकेबद्धता देखाउनु भएको छ त्यसको लागि पुनः धन्यवाद दिदै आगमी दिनहरुमा समेत यस्तो एकेबद्दतालाई निरन्तरता दिन सक्नुभयो भने जिल्लाको शैक्षिक गुणस्तर आगामी दिनहरुमा सहजै समाधान हुने देखिन्छ ।
जिल्लामा विद्यालयहरु निकै धेरै छन् तर विद्यार्थी संख्या एकदमै कम छ । यस्ता विद्यालयहरुलाई गाभेर लिनुपर्नेमा चुनौती छ । जसका लागि तह घटाउने र आवश्यक विद्यार्थीै संख्यामा हेरफेर गर्नुपर्ने देखिन्छ ।
यतीवेला जिल्लामा प्राविमा ४ सय ३९, निमाविमा २ ५८ माविमा १५० दरवन्दि अपुग छ, स्रोत केन्द्रहरुको वितरण असमान तरिकाले भएको छ कुनै स्रोत केन्द्रमा ७० वटा विद्यालयको जिम्मेवारी छ भने कतै २० वटा छन् यसलाई पुर्नमुल्याँकन गरि मिलान गर्नुपर्ने चुनौती छ ।
विद्यालयले ननस्यालरी अनुदान भनेर दिएको पैसाले पिएन र भौतीक व्यावस्थापनमा खर्चने परम्परा छ यसको अन्त्य गर्नुपर्दछ ।
अब जिल्ला छोडेर समेत जाने तयारीमा हुनुहुन्छ । अन्त्यमा जिल्लाबासीहरु लाई के भन्न चाहनुहुन्छ ?
दैलेख पहाडी जिल्ला भएर पनि होला यहाँको शिक्षाको स्तर बिगतको तुलनामा केही बृद्र्धी समेत भएको छ तर पूर्ण रुपमा शिक्षा क्षेत्रलाई तेजस्पी बनाउनको लागि अँझै धेरै पहलहरु गर्नुपर्ने देखिन्छ । मेरो कार्यकालमा मैलै निकै ठूला र चुनौतीपूर्ण निर्णयहरु गरेको छु । जुन सामुहीक र पारदर्शीताका साथै जिल्लाको समग्र शैक्षीक स्तर उकास्ने खालका छन् । यो अवधिमा मलाई सहयोग गर्नुहुने सवै जिल्लाबासीहरु,       राजनीतिक दल र नागरिक संघ संगठन लगायत अन्य सम्पूर्ण जिल्लाबासीहरुलाई आफ्नो जिल्लाको शैक्षिक स्तर माथी उकास्न आफुलेनै प्रयास थाल्नुपर्दछ हामीहरुले त केवल उपायको खोजी गरेर कार्यान्वयको बाटो देखाउने हो त्यो देखाएका छौं ।
त्यसैलाई मध्यनजर गर्नुभयो भने दैलेख पनि शैक्षीक क्षेत्रमा निकै फड्को मार्न सक्ने संभावना बोकेको जिल्लाको तुलनामा आउन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार