भिम सिजापति दैलेख
रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखको चर्चित कार्यक्रम लोकगुञ्जनका प्रस्तोता तथा सञ्चारकर्मी सर्वजित थापा मगर गायन क्षेत्रबाट आफ्नो फरक पहिचान स्थापीत गरिरहेका छन् । सञ्चारकर्मी मात्र नभई गायक, शव्द रचनाकार, संगितकार, नृत्य निर्देशक र बाद्यबादनमा समेत राम्रो दखल राख्ने थापाले यस अघि चलचित्रमा समेत अभिनय गरिसकेका छन् । आज भन्दा १०/
१२ बर्ष पहिले देखी जनताका गित गाउँदै हिड्ने थापाका अहिले देशभक्ति र मायाँ प्रेमका गित एकपछि अर्काे गर्दै बजारमा आईरहेका छन् ।
रेडियो जनआवाज बाँकेमा संगित सन्देश र बनपाखा लगाएतका चर्चित कार्यक्रमबाट सञ्चारकर्मीका रुपमा स्थापीत थापाले दश बर्षे जनयुद्ध चलिरहेकै बेला २०६१ सालमा “समानताका लागी लड्ने योद्धालाई” भन्ने गित बाट गित संगितमा डेव्यु गरेका थिए । संकटकालमा दर्जन भन्दा बढि जनताका गित गाई सकेका थापाले २०७२ सालमा भारतले अघोषित रुपमा लगाएको नाकाबन्दिलाई लक्षित गरेर तयार पारिएको “भारत सत्रु होकी मित्र चिन्नु पर्ने भो” भन्ने गितमा अभिनय गरेका थिए भने “सुन्दर शान्त नेपाल” नामक गिती एल्बममा स्वर दिएका छन् ।
कामको खोजीमा केहि समयका लागी विदेशियका थापाले आफ्नै देशमा केहि गर्न सकिन्छ र विदेशको जत्तिकै मेहेनेत गरे नेपालमै पनि सुन फलाउन सकिन्छ भन्ने उद्देश्यले विदेश गएको केहि समयमै स्वदेश फर्किएका थापाले स्वदेश फर्किए लगतै रेडियो धु्रवतारा सामुदायिक एफ.एम. ८९.८ मेगाहर्ज दैलेखको चर्चित कार्यक्रम लोकगुञ्जनबाट पुनः सञ्चार क्षेत्रमा प्रबेश गरे । अहिले रेडियोमा निरन्तर रुपमा काम गरिरहेका छन् । स्वदेश फर्किए लगतै कमला थापाको “मलाई छोडी पराई सँग” र प्रकृति थापाको “हे निष्ठुरी भन” लगाएतका गितमा थापाले एकै चोटी स्वर दिएका थिए । भारतले लगाएको अघोषित नाकाबन्दिका बेला “सुन्दर शान्त नेपाल” भन्ने देशभक्ति गितमा स्वर दिएका थापाले अहिले फेरी दैलेख जिल्लालाई लोकगित बजारमा परिचित गराउनका लागी “तोलिको डाँडा” भन्ने सालैजो भाका बजारमा ल्याएका छन् ।
उनी विगतका दिन सम्झीदै भन्छन् “संकटकालको बेला दुई वा दुई भन्दा बढि व्यक्ति सँगै हिड्यो भने माओवादी भनेर आर्मीले शंका गथ्र्याे, त्यतिवेला २०६१ सालमा जनताका गित बाट स्वर दिन थालेका थापाले लोकगित, आधुनिक गित र देउडा गित गरी दुई दर्जन जति गितमा स्वर दिएका छन् । थापाले आफु जन्मेको दैलेखको तोलि गाविसलाई लोकगित बजारमा परिचित गराउने उद्देश्यले अहिले तोलिको डाँडा भन्ने सालैजो भाका तोलि लाङ्घाली क्लव मार्फत श्रोताका माझ पस्कीएका छन् भने दर्शका सामु पनि चाँडै पस्कने योजना बनाएका छन् । उनले यस गितको छायाँङ्कन पनि दैलेखमै गर्ने सोच रहेको उनी बताउँछन् । उनी भन्छन् चाँडै दैलेखमै छायाँङ्कन गर्ने ईच्छा थियो तर आफु सँग पर्याप्त रकम नहुँदा केहि ढिलाई हुने भन्दै कोहि कसैले सहयोग गरेको भए छिट्टै छायाँङ्कन गर्ने बताउँछन् । उनी भन्छन् आफु गायक नभई शव्द रचना, बाद्य बादन तथा नृत्यमा दखल थियो । एक जना साथिले तेरो बजाउने काम हो मात्र बजा भनेपछि ईख लागेर आफु गाउन थालेको र अहिले यहाँ सम्म सबैको सहयोगले यहाँ सम्म आईपुगेको उनी बताउँछन् । श्रोताहरुले अहिले धेरै मायाँ गर्दा आफ्नो सबै थोक यहि हो भन्ने लाग्छ तर कहिले काँही अरुअरु गित वजारमा ल्याउनको लागी लगानी गर्ने आफु सँग पैसा नहुँदा समस्या हुने गरेको उनी बताउँछन् । बालापन देखीनै गीतहरु गुनगुनाउने थापा विगतका बर्षहरु देखी नै कला कारीता र पत्रकारीता पेशालाई पनि निरन्तरता दिईरहेका छन् । उनको ईच्छा थियो आफुले विहे गरेपछि दुवै जना श्रीमन् श्रीमाती नै कलाकारीताको क्षेत्रमै लाग्ने तर लेखेको हुन्छ देखेको हुन्न भने जस्तै भयो । भन्छन् नी भाविले जन्मेको ६ दिन अर्थात छैठिको दिन भाग्मा जे लेखी दिएका हुन्छन् त्यहि हुन्छ भनेर । बालापनमा गित सँगित भन्दा हुरुक्कै हुने थापा विहे गरे पछि पनि कलाकारिताको क्षेत्रलाई अगाल्न सजिलो होस् भनी जनयुद्धको बेला २०६० सालमा दैलेख जिल्लाकै लालिकाँडा गाविसको ओर्खेनीकी कोपीला मगर सँग प्रेम गरेका थिए । कोपीलाको पनि कलाकारीता प्रति निकै रुची थियो । उनी राम्रो गित गाउन तथा अभिनयमा समेत दख्खल राख्थिन् । थापा र मगरको प्रेम बसेको दुई बर्ष नवित्दै २०६१ साल चैत्र २५ गते रुकुमको खारा भिडन्तमा उनलाई थापाले गुमाउनु प¥यो । थापाकी जीवन संगिनी प्रकृति पनि अभिनय गर्ने, शव्द लेख्ने भए पनि स्वरले साथ नदिँदा गाउनमा त्यति दख्खल राख्दिनन् । तर हरेक काममा साथ दिन्छीन्, हौसला बढाउँछिन् । उनी थापा सँगै सञ्चार क्षेत्रमा पनि आवद्ध छिन् तर थापाको श्रीमान् श्रीमतीले गितमा सँगै गाउँने ईच्छा भने पुरा भएको छैन ।
सर्वजित नेपाल मगर पत्रकार संघको केन्द्रिय सदस्य, शाखा दैलेखको अध्यक्ष, आदीबासी जनजाती पत्रकार महासंघ (फोनीज) दैलेखको सचिव समेत छन् । अहिले उनी मगर भाषाको लाङ्घाली साप्ताहिक पत्रीका प्रकाशनको तयारीमा छन् । भने उनी दैलखमा मगर भाषाको प्रशिक्षण समेत दिईरहेका छन् । स्मरण रहोस् उनले यस अघि दश बर्षे जनयुद्धको परिधि भित्र रहेर निर्माण गरिएको कथानक चलचित्र लालसलाममा समेत ईनिस्पेक्टरको भुमीकामा अभिनय गरिसकेका छन् ।






