पछिल्लो समय चर्चा बटुल्दै तिज कोशेली भाचीदेउ कम्मर

 
हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकीएसंगै भर्खरै बजारमा आएको तिज कोशेली ‘‘भाचीदेउ    कम्मरले चर्चा बटुल्न थालेको छ । दैलेखी गाएक टेकराज भण्डारी र        सुरज थापाको संयूक्त कोशेली ‘‘भाचीदेउ कम्मर बोलको उक्त तिज गितमा दैलेखी सर्जक शत्तीराम दशौदीको शब्द, स्वर टिका पुन र     टेकराज भण्डारीको रहेको छ भने लय धर्मराज गीरीको रहेको छ । यस्तै गितको एरेन्ज कृष्ण पुन ले गर्नुभएको छ । अवसर डिजीटल प्रा.ली.मार्फत      बजारमा आएको उक्त तिज गीत ‘‘भाचीदेउ कम्मरको भिडियो पनि सार्बजनिक भैसकेको छ । सुरज थापा र जिना जिसीले अभिनय गर्नुभएको उक्त तिज गितको भिडीयो निर्देशन मन्डीत रानाले गर्नुभएको छ । यस गितमा स्वर दिएका दैलेखी गाएक    टेकराज भण्डारीले केही लोक तथा दोहोरी गितहरुमा भने यसअघी नै स्वर दिईसकेका छन, तिज गित भने यो उनको पहिलो प्रस्तुती हो । गितमा       हरीतालीका तिजमा महिलाहरुले प्रयोग गर्ने श्रीफुल किन्न जाने र श्रीफुल लाएपछि टलक्क, टलक्क सुहाउने जस्ता कुराहरुलाई समाबेश गरिएको छ । महिलाहरुको महान चाड           हरितालीका तिजमा गरिने क्रियाकलाप र तिजको महत्व तथा यसको मौलीकतालाई जोगाउने उद्देश्यका साथ आफुले यस गितको श्रृजना गरेको गितका शब्द संकलक शक्तीराम दशौदीले बताए । झण्डै डेढ दर्जन गितको शब्द लेखीसकेका दशौदीले ‘‘भाचीदेउ कम्मर बोलको यस तिज गीतमा नेपाली मौलीकता र संस्कृतीलाई उजागर गर्ने खालमा समाबेश गरिएको बताएका छन । यस्तै गीतस्तका प्रस्तुतकर्ता टेकराज     भण्डारी र सुरज थापाले सम्पूर्ण श्रोता तथा दर्शकको अत्याधिक माया र साथ पाउने आशाका साथ उक्त गित बजारमा त्याएको बताएका छन् । उनले आफू दैलेखी नब श्रष्ठा भएकोले आफुहरुको सफलताको सम्पूर्ण श्रय दैलेखी लगाएत देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनिहरुमा जाने बताउदै पहिलो तिज कोशेली ‘‘भाचीदेउ कम्मर सुनेर÷हेरेर सल्लाहा तथा सुझाबको अपेक्षा राखेको पनि बताएका छन ।  श्रोता तथा दर्शकको सल्लाहा र सुझाबको आधारमा आगामी दिनहरुमा पनि अझै यथार्तता तथा मौलीकतालाई समाबेश गर्दै अन्य कोशेलीहरु बजारमा ल्याईने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार