पत्रकारद्वय मधु र विनीताको ‘चोली टिमिक्कै’

मध्यपहाडी लोकजीवनमा खस–आर्य एवं मगर, गुरुङ लगायतका जनजातीय समुदायमा महिलाको चाडको रुपमा परिचित सांस्कृति तीजमा केन्द्रीत रहेर हरेक वर्ष गीत रिलिज हुने गरेको छ । पुराना तीज गीत हराउँदै गएको र नयाँ गीतमा तीज परम्परा नसमेटिएको गुनासो छाइरहेको बेला दुई कला पत्रकारले बजारमा नयाँ तीज गीत ल्याएका छन् ।
कान्तिपुरकर्मी मधु शाहीको शब्दलाई संगीतकार ज्योतीप्रकाश विकको संगीतमा अन्नपूर्णकर्मी विनिता मरहट्टाले स्वर दिएकी हुन् । ‘माइत नी जानी होरदर पनि खानी होरटिमिक्कै चोली कसे कसिन्छ’ बोलको गीतले तीज पर्वसँग जोडिएको परम्परा उजागर गरेको छ ।
तीज पर्वलाई महिलाले माइत गएर दर खाने, साथीसँगी जम्मा भई नाचगान गर्ने चाडको रुपमा लिइन्छ । बिहेबारी गरी घरबार गर्न माइतीगाउँ छोडी टाढा–टाढा गएका समवयी साथीसँगीसँग भेट हुने र दुःखसुख साट्ने भएकाले तीजलाई सांस्कृतिक पर्वको रुपमा पनि लिइन्छ ।
पत्रकारद्वयको गीतले तीजको त्यही परम्परालाई जोड दिएको छ । सासु– बुहारीको झैझगडा वा लोग्ने–स्वास्नीको गनगनमा रुमल्लिएका तीज गीतको सन्दर्भमा यो गीतले जीवनशैलीमा आएको आधुनिकता व्यक्त गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार