सिपाहीको डायरी


सिपाहिको डायरी उपन्यास लेखेर आफ्नो बास्तविक घटनालाई तत्कालिन द्धन्द्धको समयमा भएका कुराहरु बाहिर ल्याएका लेखक चन्द्र कटुवालको सिपाहिको डायरीले अहिले बजारमा चर्चा कमाएको छ । धमाका दैनिकले उहाँसँग गरेको कुराकानीका आधारमा तयार पारिएको यो अन्तरवार्ता ।
१. सिपाहिको डायरी किन पढ्ने ?
यो अनुभवन्यास हो । यसमा समाज छ समाजशास्त्रिय दृष्टिकोण छ । दशवर्षे शसस्त्र बिद्रोहको नालिवेलि छ । सत्यघटनामा आधारित छ जस्तै कालिकोटको पिलिको घटना लमजुङको घटना आदि जसमा आफैले भोगेका यथार्त घटनालाई समेटेर तयार पारीएको छ ।युद्दका बेलामा जनताले पाएका सास्ति जनतालेदिएको बलिदानिलाई शासन सत्ता चलाउनेले भुलेको अबस्थामा यसले खबरदारी गरेको छ । यसमा सिपाही हिरो हो । सिपाही भनेको बर्दीलगाउने मात्र हैन सबै हो । साथमा यो देशमा भएको १० बर्षे शशस्त्र बिद्रोहको बेलामा सेनामा सबैभन्दा तल्लो दर्जामा भर्ना भएको सिपाहीले लडाईलाई कसरी बुझ्यो त्यो जस्ताको तस्तै आएको छ । जितेको लडाईभन्दा हारेको लडाईले धेरै कुरा सिकाएको छ । साथमा आर्मिले लडाई गर्दा कहाँ कमजोरी भयो भन्ने पनि रहेको छ जस्ले गर्दा आगामि दिनमा त्यो कमजोरी सुधारेर जानसकिने अर्थात सबै भन्दा ठूलो लडाईको सबै टिपोट छ । यसमा त्यतिमात्र छैन माओबादी लडाकु भएर लडेका शरीरमा छर्रा बोकेर बाँचेका शरीर थेरापी गरिरहनु पर्ने पिडा लुकाउन रक्सिको सहाराले बाँचेका हरुको दर्दानाक यथार्थको बोकेको छ यसले । उत्तप्रेरणा दिनेखालको युद्द कति भयानक हुन्छ भनेर सबैले बुझ्नेभासामा पस्किएको छ । त्यसैले हरेक नेपालीले सिपाहिको डायरी एकपटक हैन धेरै पटक पढ्नुपर्छ भन्ने मैले धारणा राख्नुपर्दछ किनकी म आफै सिपाहि हुँ र मैले सत्य घटनालाई यसमा उतारेको छु । २ बजारमा चर्चा परिचर्चा पनि धेरै छ, सामाजिक संजाल पनि तताएको छ नि ? सिपाहीको डायरीको चर्चा निकै रहेको छ जबकि प्रदेश ७ मा पुगेकै छैन तर पहिलोपटक छापेको सकियो पुनः छाप्न लागेको जनाएको छ । भर्खरै बिमोचन भएको त्यसमा पनि राम्रो संग बजारमा जान पाएकै छैन । सिपाहीको डायरी लगभग संगसगै निकै चर्चामा रहेका लेखक ज्युहका पुस्तक बजारमा आए । कतै सिपाहीको डायरीलाई चेप्ने त हैनन भन्ने लागेको थियो किन भने मलाई न कसैले चिन्छ न त म नाम चलेको नै हु तर सिपाही सिपाही नै हो जतिखेर पनि त्यो सायद बमगोलाको बिछाएको किन नहोस । लगातार अगाडि बढिरहन्छ सायद त्यसैले होला सिपाहीको डायरीले पनि आफ्नो यात्राको निरन्तरता दिएको ।
पाठकको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
मैले सोचेकै थिएन यती राम्रो प्रतिक्रिया आउछ भनेर । मैले थाहै नपाएको कुरा पनि आयो । कसैले भन्नुभयो आफुलाई मर्नडरलाग्थ्यो तर सिपाहीको डायरीमा लेखेको बाधेर गोलिहानेर मर्यो भनेर छोडेको ब्यक्तिपनि बाँच्न सफलभएकोले काल नआएर कोहिपनि मर्दैन भन्ने कुराले हौसला दियो रे । कोही भन्नहुन्छ खैनि चुरोट छोड्नको लागि बताएको उपाए म प्रयोग गरिरहेको छु रे । मेरो आफ्नै भतिजिले फोन गरेर सोधिन अकल निलम खै भनेर मैले उत्तरमा भने ६ महिना पछि भन्छु भने । धेरै जनाले एकपटक भेटेर चियागफ गरौं भन्नहुन्छ । कसैले यसलाई अलि परिमार्जन गर्नु पर्यो अझ उत्कृष्ठ बन्छ भन्नहुन्छ कसैले यसलाई केहि पनि गर्नु हन्न जस्ताको तस्तै ठिक छ भनु हुन्छ । कसैले अब यसको भाग दुई निकाल्नु हुनेहोला त्यो कम्रेड दिलाशा सुडानबाट फर्केपछि भन्नहुन्छ मलाई नै थाह थिएन त्यस्को बारेमा मैले बल्ल सोच्ने बिचार गरेको छु । भारतिय र बेलायति सेनामा कार्यरत सिपाहीले दिएको प्रतिक्रिया अनौठो लाग्यो उहाँहरुले यो पढेर आफुले पनि केहि टिपोट गरेका छौं हजुरलाई पठाउछौ अनि अर्को पुस्तक तयार पार्न सजिलो हन्छ भन्नुभयो धेरैजनाले निलमको बारेमा सोध्नभयो एक दुई जनाले यो कतिप्रतिशत सत्यहो भन्नुहन्छ । १६ वर्ष अघिका नम्बरीहसंग यसै पुस्तकले भेट गरायो । मेरो बुक पढेर फेसबुकमा खोजेर कुरा भयो । त्रिबि पढ्दाको साथिलाई पुनर्मिलन गराएको छ । त्रिबिका प्राध्यापक ज्यहले सिपाहीको डायरी त दुन्दसाहित्यको रुपमा अध्ययनको लागि राख्न आबश्यक पहिल गर्नु पर्छ भन्नुभएको छ भने आर्मिबाट पनि सकारात्मक शन्देश आएको छु । पुर्वलडाकुले पनि राम्रै प्रतिक्रिया दिनुभएको छ सत्यकुरा बाहिर ल्याउनुभएको छ त्यसमा हाम्रो समर्थन र सहयोग दुबै छ भन्नु भएको छ । साथमा सम्पुर्णु सहयोगि हातहरु देखिलियर पत्रकार ज्युहरु तथा मेरा अन्नदाता पाठक ज्युहरु लाई हृदय देखि सतसत नमन हजुरहरुको माया यसरिनै पाईरहुँ । तपाई आफ्नो बारेमा भन्नुपर्दा के भन्न चाहनुहुन्छ ? मेरोबारेमा भन्नुपर्दा एउटा सामान्य परिवारमा जन्मेको पढ्दा पढ्दै लडाईले गर्दा भर्ति भएको र लाहुरे भएपछि दुख कस्तो हन्छ भनेर बुझेको । म यहाँ सम्म पुग्नको लागि पक्कै पनि लाहुरेको पृष्ठभुमिरहेको छ किनभने म भर्तिहनुभन्दा पहिला एसएलसि पाँचपटकमा पासगरेको मानिस कसरी भर्तिभए पछि स्नातकोत्तरमा प्रथम र एमफिलमा टपहुने सकेहोला त्यो सबै सिपाहिको कमाल हो । पछिल्लो समयमा म योगमा लागेको छु । लडाईमा अङ्गभङ्ग भएर समाजमा अपाङ्गता भएका ब्यक्तिहको अधिकारको लागि कामगर्ने संस्थामा पनि काम गरे । अहिले योग सिक्दै र सिकाउदै आएको छ । बिभिन्न ब्यारेक देखि लियर सबै ठाउँमा योग सिकाउछु । योग र महिला श–शक्तिकरण शोध शिर्षकमा पिएचडि गर्दै छु । सबैभन्दा पहिले लडाईको ट्रमाले क्षतबिक्षेत बनाएको मानसिक अबस्थालाई शान्तपार्न र लडाईमा मरेका आत्माको सान्तिको कामना सहित योग गर्दै छु । कति जना साथी मेरै काखमा प्राण छोडे तिनिहरुको पनि सम्झनामा योग गर्दै छु । सिपाहीको डायरीमा पनि योगको महत्वको बारेमा चर्चा गरेको छु । समाजमा योगको महत्वको बारेमा जनचेतना फैलाउनेमन छ । दैलेख जन्मेको दैलेखको सबै रहन सहनका बारेमा मलाई थाहा भएकोले पनि यो पुस्तकले मेरो मात्र परिचय बढाएको छैन् म जन्मेको हुर्केको स्थान दैलेखको समेत परिचय बढाएको छ । मेरो बालापनका केही कुराहरु पनि पुस्तकमा पस्केको छु । आशा छ जसरी तपाँईहरुले मलाई मायाँ गरिदिनुभएको छ । यो मायाँ सँधै भरी रहिरहोस्, मृत्यु एकदिन निश्चित छ तर मृत्यु अघि आफ्ना लागि, टोलका लागि, आफ्ना परिवारका लागि, जिल्लाका लागि र राष्टका लागि जो सुकैले केही न केही राम्रो काम अवश्य गर्नुपर्ने बेला आएको छ ।
मुलु संमृद्धिका लागि, आत्म संमृद्धिका लागि सवैले आ–आफ्ना स्थानहरुमा राम्रो कामको थालनी गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार