
मंसिर १०, दैलेख
तत्कालीन द्धन्द्धको बेला राज्य र बिद्रोही दुबै पक्षको निशानामा परेर उजाड बनेको नौमूले पछिल्लो समृद्धिको यात्रालाई पछ्याउदै आएको छ । द्धन्द्धकालमा सरकार पक्ष र तत्कालीन ब्रिदोही पक्षका कारण शिथिल बनेको नौमूले पछिल्लो समय विकासको फड्को मार्दै गएको हो । सडक, सञ्चार, विद्युत लगायतका पूर्वधार निर्माण संगै नौमूले समृद्धिको यात्रामा लम्केको छ । नौ वर्ष अघि मात्र दैलेख सदरुमकामसँग सडक संजालमा जोडिएपछि सम्भवनाका ढोकाहरु खुलेका छन् । तत्कालीन द्धन्द्धकालमा राज्य पक्ष र बिद्रोही पक्षको दोहोरो निसानामा परेपछि बिस्थापित भएकाहरु समेत बिस्तारै नौमूलेमा फर्किए । शान्ति प्रक्रिया अघि मूल्यहिन भएको नौमूलेमा पछिल्लो समय जग्गाको मूल्य आकाशिएको छ । समृद्धिको ढोका खुल्ने मुख्य भनेको सडक, सञ्चार, विद्युत हो यी सबै कुराले विस्तारै गाउँपालिका समृद्धि तर्फ अगाडी बढेको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । उनले गाउँपालिमा भएका स्रोत साधनको भरपुर प्रयोग गरेर नौमूलेलाई अझै नमूना बनाउने गरि काम गरिरहेको बताए । उनले सरकार र बिद्रोही दुबै पक्षको निशाना परेर उजाडीएको थियो । मान्छे हिड्न सक्ने वातावरण थिएन । कतिले आत्मसर्पण गरेर बिद्रोही माओबादी भएर हिड्नु पर्ने अबस्था थियो । बजार पनि सानो थियो औलामा गन्न सकिने घरहरु थिए द्धन्द्धकालकै बेला नौमूलेमा ठूलो घटना घट्यो नौमुलेमा रहेको ईलाका प्रहरी चौकीमा आक्रमण हुँदा ३२ जना प्रहरीले ज्यान गुमाएका कारण पनि ठुलो त्रास भएपछि स्थानीय बिस्थापीत भएपछि रित्ता भएका गाउँबस्तीहरुमा पछिल्लो भरिदै गएको बताए ।
नौमूले क्षेत्रमा ३ वटा विद्युत आयोजना निर्माणको चरणमा छन । एक वटाले विद्युत उत्पादन संगै राष्ट्रिय प्रशारण लाईमा जडान भइसकेको छ । द्धन्द्धकालमा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवन निर्माण ६ वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । नौमूलेको प्रथामिक स्वास्थ्य केन्द्रको भवन निर्माण, गाउँपालिकामा नै बैंक स्थापना लगायत थुप्रै विकासले गर्दा नौमूले समृद्धिको यात्रामा पछ्याउदै गएको स्थानीय सन्दिप बिकले बताए । उनले हाईड्रो हवले उदाउदै गरेको नौमूलेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु हाईड्रो हवको अवलोकन गर्न आउनेको सख्या दैनिक रुपमा बृद्धि हुँदै गएको बताए ।
बिकट र द्धन्द्धग्रस्त क्षेत्रका रुपमा परिचित भएको दैलेखको नौमूले क्षेत्र तत्कालीन तोली,बालुवाटार, द्धारी,कालिका, सल्लेरी र चौराठा गाबिस मिलेर नौमूले गाउँपालिका निर्माण भएको हो । दैलेख र जाजरकोट जिल्लाको ब्यपारिक केन्द्रका मानिने गरेको छ । नेपाल सरकारले सारेको नमूना बस्ती आयोजनाबाट बजार क्षेत्रको सडक पक्की भएपछि यहाँको जग्गाको मूल्य समेत आकाशिएको स्थानीय नगेन्द्र शर्माले बताए । पहिला मिटरका ५० हजार पर्ने जग्गाको मुल्य अहिले मिटरको ३ लाख भन्दा बढि पर्ने गरेको उनले बताए । नौमूले गाउँपालिकाले स्थानीयलाई आत्मनिर्भर बनाउन बिभिन्न कार्यक्रहरु संचालन गरेको नौमूले गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कृषि र जडिबुटी लाई प्रथामितामा राखेको जनाएको छ । गाउँपालिकाले अहिले प्रत्येक वडामा अलैचीको बिरुवा रोप्ने अभियानकै रुपमा अगाडी सारेको गाउँपालिकाकी उपाध्यक्ष अमृता सिहले बताए ।
उनले कृषिमा आत्म निर्भर गाउँपालिका निर्माणका लागि बिभिन्न साझेदार सस्थाहरुको सहयोगमा सिचाई सुबिधा लागायतका योजनाहरु संचालन गरेको बताए ।






