
पुष १२, दैलेख
कर्णालीको दुसीत खानेपानी बाध्य भएका अक्षाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नः ५ आली गाउँका ५४ घरधुरी शुद्ध खानेपानी खान पाएका छन । हिउँदको समयमा कर्णालीको सफा पानी भएपनि वर्षातको समयमा दुसित खानेपानी खानु पर्ने बाध्यता भएका त्यहाका ५४ घरधुरीलाई शुद्धखानेपानी पाएसंगै खुसी भएका छन ।
५४ घरधुरी रहेको उक्त गाउँमा २ सय ९८ जनालाई लिप्टिङ्ग प्रबिधि मार्फत ल्याइएको प्रसोधित शुद्ध पानी पुगे पछि एक वर्ष एता कर्णालिको दुसित पानी खानु पर्ने बाध्यता हटेको हो । जिल्लामा रहेको एक गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र सोसेक नेपालद्धारा संचालन भएको साकार परियोजना र पञ्चदेवल नगरपालिकाको २७ लाख ४१ हजार र समुदायको एक लाख ३१ हजार गरी जम्मा २८ लाख ७५ हजारको लागानीमा लिफ्ट प्रविधि मार्फत खानेपानीको धारण निर्माण भएपछि त्यहाका समुदायलाई सहजता भएको छ ।
सयौ वर्ष देखि कर्णाली नदिको पानी खान बाध्य भएका स्थानीयले लिफ्ट प्रबिधि माफर्त खानेपानी आएपछि उनीहरुको समय समेत बचत भएको छ । आली गाउँकी ६३ वर्षिया सितारा भुलले भनिन हामी सधै कर्णाली नदिको पानी खान्थीयौ हिउँदको समयमा त राम्रै हुन्थ्यो वर्षातको समयमा धमीलो पानी खानु पर्ने बाध्यता थियो अव घरमै शुद्ध खानेपानी पाईने भयो । कसले बनाएको थाहा भएन उहाँहरुलाई धन्यवाद छ । खानेपानीको अभावकै कारण घरमा प्रशस्त जग्गा हुँदा समेत तरकारी उत्पादन गर्न सकिएन । हरियो तरकारी खान पनि बजारकै भरपर्नु बाध्यता थियो स्थानीय रमेश भुलले भने घरमा खानेपानी बोक्न ठिक्कै हुन्थ्यो तरकारी कहाँबाट लगाउनु । अहिले नगरपालिका र एक संस्थाको सहयोगमा सिंचाई कुलो निर्माण सगै लिफ्ट प्रबिधिबाट खानेपानी घरमा आएपछि खानेपानीको सहजता संगै तरकारी खेती समेत गरेको उनले बताए ।
साकार परियोजनाका प्रमुख माधब भट्टराईले संस्थाको सहयोगमा लिफ्ट प्रविधि मार्फत हाईड्रोलिक स्याम्प पप्प प्रविधिको प्रयोग गरेर प्रशोधन गरेको पानी बस्तीमा आठ वटा धारा निर्माण गरेर आली गाउँका ५४ घरलाई शुद्ध खानेपानीको ब्यबस्था गरिएको बताए उनले खानेपानी आएपछि स्थानीयहरुले त्यसैबाट सिचाई गरि तरकारी खेती समेत गरेको बताए । गाउँमा सिचाईका सुविधा भए गाउँका अधिकाँस परिवारले तरकारी खेती गरेको र उहाँहरुका लागि सामग्री र बिउ बिजन सहयोग गरेको उनले जानकारी दिए । आलीगाउँका तुलबिर नेपाली भने समान्य घरखर्च चलाउनका लागि पनि काला पहाड जानु पर्ने बाध्यता भएको यहाँका स्थानीयहरुलाई सिचाई सुविधा संगै तरकारी खेती गरेर घर खर्च चलाउन समेत सहजता भएको छ । प्रदेशमा गएर कमाएर घर फर्किदा कमाएको जती सबै तिर्नु पर्ने हुन्थीयो । अहिले त्यो अबस्था छैन परिवाले घरमा हुने खर्च धानेपछि कालापहाड गएर ल्याएको पैसा बच्ने गरेको बताए ।






