सबैको रिपोट नेगेटिभ १४ दिनपछि घर फर्किए १ सय १२ जना


बैशाख १,दैलेख,चामुण्डा :

भारतबाट आएर क्वारेन्टाइनमा बसेका दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ सय १२ जना आफ्नो घर फिर्ता भएका छन् ।
कर्णाली प्रदेश प्रयोगशालामा पठाइएको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टी भएपछि १४ दिनसम्म बिभिन्न पाँच वटा स्थानमा क्वारेन्टाइनमा बसेकाहरुलाई नगरपालिकाले बिदाइ गरेको हो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाले १ सय २० जनालाई क्वारेन्टाइनमा राखेको थियो । अव ८ जनालाई मात्र राखिएको नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारी दिएका छन् ।


कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडामा बस्ने १ जना र चामुण्डा क्याम्पसमा बस्ने ७ जनालाई ४ गतेसम्म क्वारेन्टाइनमा राखिने भएको छ ।
कर्णाली जनचेतना आधारभूत विद्याललय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभूत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसमा भारत र अन्य देशहरुबाट आएका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको छ ।
घर गएका सवैलाई अँझै २ हप्तासम्म सुरक्षित रहन नगर प्रमुख सूर्यबहादुर शाहीले आग्रह समेत गरेका छन् । तपाँईहरुले स्थानीय स्तरमै उत्पादन भएका बस्तुहरुको उपभोग गर्नुहोला, झोल कुरा खानुहोला, नियमित हात सफा गर्नुहोला, शाहीले आग्रह गरेका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिका उप–प्रमुख ताराकुमारी शाहीले क्वारेन्टाइनमा बसेका बेलामा अपनाएको सावधानीका बारेमा घरपरिवार र समाजमा जानकारी गराउन आग्रह गरेकी छन् ।
यसैगरी विदाई कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष निरकबहादुर शाही, वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मी, वडा नं. ८ का वडा अध्यक्ष, वीरबहादुर शाही, वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद चौलागाई, वडा नं. ९ का वडा अध्यक्ष नन्दप्रसाद न्यौपाने, कार्यपालिका सदस्य दिनेश विक, नेपाल कम्युनिष्ट पार्टी नगर कमिट अध्यक्ष रविन्द्रबहादुर शाही, नेपाली कांग्रेस पुर्व महाधिबेन सदस्य एवन् युवा नेता राजेशकुमार शाही, अस्थायी प्रहरी चौकीका इन्चार्ज चन्द्रबहादुर रेउले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार