जनतालाई लक डाउनको अर्थ बुझाउँदै प्रहरी

सरकारले लक डाउनको मिति चौथो पटकका लागि थप गरिसकेको छ । नेपालगन्जमा देखिएको कोरोना संक्रमण एउटा व्यक्तिको लापरबाहीबाट भएको हुनुसक्ने कुरा बाहिर आइसकेपछि दैलेख प्रहरीले हरेक व्यक्तिलाई लक डाउनको अर्थ बुझाउन थालेको छ । सडकमा हिँडेका पैदल यात्रीहरूलाई केही समय रोकेर कोरोनाले पार्ने असर, परिवार र व्यक्तिमा पर्ने समस्याका बारेमा जानकारी दिने अभियान थालेको हो ।


एउटा व्यक्तिको लापरबाहीले परिवार, समाज समस्यामा पर्ने भएकोले सडकमा हिँड्दा दुरी कायम गर्नुपर्ने, सावुनपानिले हात धुने, सेनिटाइजर प्रयोग लगायतका बारेमा जानकारी गराएको हो । अनावश्यक रूपमा घर बाहिर निस्केको कुरा थाहा भए कारबाही गर्ने बारेमा पनि प्रहरीले जनचेतना अभियान थालेको छ ।
दैलेखमा सबै सीमा नाका बन्द गरिएको छ । एम्बुलेन्समा समेत बिरामी र एक जना कुरुवा बाहेक अन्यलाई जान नदिने उर्दी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार