
नेपाली काँग्रेस डुङ्गेश्वर गाउँ कार्यमितिले डुङ्गेश्वर गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय पन्ध्र जम्मा गरेको छ ।
विश्वभरी माहामरीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम जम्मा गरिएको नरसिंह मल्लले बताए ।
गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ल, नि .प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद न्यौपानेलाई नेपाली काँग्रेस डुङ्गेश्वर सभापति बखत कुमार सापकोटा , नेपाली काँग्रेस अग्रज नेता नरसिंह मल्ल लगायत अन्य नेता कार्यक्रताले संयुक्त रुपामा चेक हस्तान्तरण गरेका थिए । साथै छिमेकी गुराँस गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई १५ हजार ५ सय ५५ का दरले सहयोग गर्नेे नेपाली काँग्रेस डुङ्गेश्वरले जानकारी दिएको छ ।






