संकास्पद व्यक्तिको स्वाब पुनः परीक्षण हुँदै

दैलेखमा भारतबाट आएका व्यक्तिहरुलाई जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
अनुमान गरे भन्दा निकै धेरै मानिसहरु पालिकामा आउन थालेपछि पालिकाहरुलाई व्यवस्थापन गर्न निकै धेरै चुनौती परेको छ ।
दैलेखको नारायण क्याम्पस क्वारेन्टाइनमा बसेका र चुप्राको बेलपाटा क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको आर.डि.टि. परीक्षण गर्दा संकास्पद देखिएपछि । थप परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब सुर्खेत प्रयोगशालामा चेकजाँच भई पुनः परीक्षणका लागि नेपालगंज पठाईएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । नेपालगंजको रीपोटका आधारमा मात्र थप कुराको पुष्टि गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्शन थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार