दैलेखमा दुई दिनमा थपिए २ सय ३ जना

  • जिल्ला प्रशासनद्धारा निषेधाज्ञा
  • बिष्णु शर्मा
    दैलेख जेठ २३ ।
    शुक्रबार कर्णाली प्रदेशमा एक सय जना कोरोनाका नयाँ संक्रमीत थपिएका छन । नयाँ संक्रमित मध्ये ९० जना दैलेख जिल्लाका नयाँ संक्रमित रहेका छन् । दैलेखमा बिहिवार र शुक्रबार मात्र २ सय ३ जना नयाँ संक्रमित देखिएका छन् । त्यसमध्ये नारायण नगरपालिका , दुल्लु नगरपालिका र महावु गाउँपालिकाका रहेका छन् । शुक्रबार सम्म दैलेखमा संक्रमित हुनेको कुल संख्या ३ सय ७ जना पुगेको छ । एक जनाको क्वारेन्टाइनमा मृत्यु भैसकेको छ ।
    दैलेखमा थपिएका नयाँ ३ सय ७ जना संक्रमित मध्ये सबैभन्दा धेरै दैलेखको नारायण नगरपालिकामा १ सय ९५ पुगेका छन् । दुल्लु नगरपालिकाका ६४ र महावु गाउँपालिकामा २६ जना नयाँ संक्रमित देखिएका हुन् । नारायण नगरपालिकाका १ सय ९५ मध्ये ८७ जना क्वारेन्टाईनमा बसेकाहरु घर पुगेको २ दिनपछि पिसिआर पोजेटिभ आएपछि घर पुगेका सबैको खोजी गरेर वडा स्तरको क्वारेन्टाइनमा राख्ने काम गरिएको जिल्ला सुरक्षा समिति दैलेखले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटटेलले सुर्खेत र कर्णालीबाट पिसिआर रिपोर्टमा भएको ढिलाईका कारण क्वारेन्टाइनमा बसेकाहरुले समस्या सृजना गर्ने गरेको बताएका छन् ।
    नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले दैलेखका आईसुलेसनमा स्वास्थ्यकर्मीको अभाव भएकोले प्रदेश र केन्द्र सरकारले तत्काल स्वास्थ्यकर्मी दैलेख पठाउन सरकार सँग माग गरेका छन् ।
    दैलेख सदरमुकामको नारायण नगरपालिकामा एकाएक कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । शुक्रवार साँझ ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
    नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र निषेधाज्ञा जारी गरिएको छ भने दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुका खोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोला सम्मको क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवाराज कटटेलले जानकारी दिएका छन् । संक्रमणको उच्च जोखि भएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत बन्द गरिने छ । अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षा लगायतका क्षेत्रहरु बाहेक सम्पूर्ण कार्य बन्द गर्ने गरी निषेधाज्ञा जारी गरिएको छ ।
    उलंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै संक्रमणबाट जोगिन, भिडभाँड नगर्न नगराउन, जमघटन नहुन सवैलाई दैलेख जिल्ला प्रशासनले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार