दैलेखमा रोपाइँ दिवस किसानलाई ट्याक्टर सँगै औजार बितरण


असार  १६
नारायण नगरपालिका र कृषि विकास कार्यालय दैलेख लगायतका संस्थाहरुको संयुक्त आयोजनामा दैलेखको नारायण नगरपालिका वडा नं. १ गहतारीमा धान दिवस मनाइएको छ । कोरोनाको कहर एकातिर छँदै छ तरपनि दैलेखको सोमबारको धान दिनवस भने पञ्चेबाजाको धुनसँगै सुरु गरिएको थियो । त्यो सँगै असारे गीत गाएर नाँचगान समेत गरिएको छ ।


नारायण नगरपालिका वडा नं. १ को वडा कार्यालयको आयोजनामा १७ औँ राष्ट्रिय धान दिवस दैलेखमा सम्पन्न गरिएको हो । धान दिवसमा स्थानीय किसान, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्ला कृषि विकास कार्यालय लगाएत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारी रोपाइँमा सहभागी थिए ।
नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्याक्टर, हिलो बनाउने र धान रोप्न मेसिन स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ । नगरप्रमुख रत्नबहादुर खड्काले कोरोना संक्रमणको जोखिम सँगै अव स्थानीय स्तरमै रोजगारी प्रर्वद्धनका लागि कृषि नै पहिलो र मुख्य बिषय बनाएर आगामी बजेटका कार्यक्रमहरु तय गर्ने बताएका छन् ।
यो बर्ष समयमै पानी परेका कारण रोपाँई गर्न धेरै सहज भएको र पानीका मुहानहरु पनि समयमै फुटेको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेख जिल्लाभर ६ हजार ५ सय १७ हेक्टरमा धान खेती गरिदै आएको भएपनि सोमबार सम्म ३५ प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार