दैलेखको ठाँटीकाँधमा १६ जना संक्रमित संक्रमण समुदायमा फैलिएको चिन्ता

 

दैलेखको ठाँटीकाँध गाउँपालिकामा बुधवार १६ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखका सबै पालिकाहरुमा समुदाय सम्म कोरोना फैलिएको छ या छैन भन्दै परीक्षणलाई तीब्र पारिएको बेलामा बुधवार मात्रै १६ जनामा कोरोना संक्रमण देखिएपछि समुदाय सम्म कोरोना फैलिन सक्ने आशंका स्थानीयले गरेका छन् ।
कर्णाली प्रदेशमा बुधवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल अन्तर्गतको सिपिआर प्रयोग सालामा गरिएको परीक्षणमा कर्णालीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखमा अहिले परीक्षणको दायरा बढाईएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरन्जन पन्तका अनुसार समुदायमा कोरोना छ कि छैन भनेर परीक्षणको दायरा बढाइएको बताएका छन् । ठाँटीकाँधमा एकै दिन १६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले दोस्रो चरणमै रहेको भन्नु पर्ने अवस्था छ यसलाई समुदायमा भन्न मिल्दैन तर आम समुदायहरु सचेत हुनुपर्ने अवस्था छ । ठाँटीकाँधमा संभावित क्षेत्रका ७३ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । शिक्षक देखि सर्वसाधारण सम्मलाई कोरोना संक्रमण देखिएको हो ।


दैलेखको नारायण नगरपालिकामा पनि ९६ जनामा कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । ६ जनाको पनि कन्ट्याक्ट ट्रेसिगंका आधारमा पुनः अन्य व्यक्तिहरुको जाँच तीब्र पारिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको रासकोट नगरपालिकाका ६ जना दैलेख अस्पताल अन्तर्गतको सिपिआर प्रयोग सालामा गरिएको परीक्षणमा दैलेखका १६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दिएको जानकारी अनुसार बुधवार थपिएका २२ जना सहित प्रदेशका दश जिल्लामा संक्रमितको संख्या १७ सय ८३ पुगेको जनाए ।
बुधवार सम्म कर्णाली प्रदेशमामा कोरोना संक्रमण निको हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ भने ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कर्णालीमा कोरोनाको केन्द्र बनेको दैलेखमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा बुधवार सम्म ८ सय ३४ संक्रमित मध्ये ७ सय ८५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार