क्याम्पस प्रमुख, बैंक कर्मचारीमा समेत कोरोना संक्रमण

 

दैलेखः कोरोना संक्रमणको उच्च दरबाट बिस्तारै संक्रमण दर कम हुँदै गएको दैलेखमा क्याम्पस प्रमुख र बैंक कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । दैलेखमा कन्ट्याक्ट ट्रेसिङ्गलाई महत्वका साथ अगाडी बढाउन र संभावित जोखिम भएका क्षेत्रहरुमा सिल गरेर संक्रमितहरुको खोजवीन गर्न बारम्वार स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दैलेख र स्थानीय तहलाई सुझाव दिदै आएका छन् ।
कर्णाली प्रदेशमा बुधबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भ्रएको छ । सुर्खेतको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार कर्णाली प्रदेशसभाका ५३ वर्षीय सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ । साथै दैलेखका एक क्याम्पस प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये सल्यानका १७ जना, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक÷एक जना रहेका छन् ।
कर्णाली प्रदेशका दश जिल्लाहरुमा संक्रमित संख्या २ हजार १ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार