१ चिकित्सक सहित ११ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ः दैलेख अस्पताल सिल

  • पिसिआर ल्याव दैलेखका कर्मचारी संक्रमित

  • कार्तिक १, दैलेख

    दैलेख सदरमुकाममा लगातार चारदिन देखि कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख ४ दिन सिल गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा आपतकालिन बाहेकका अन्य सबै सेवाहरु बन्द गरिएको छ ।
    दैलेखमा रहेको पिसिआर ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएपछि दैलेखको अवस्था चिन्ताजनक बनेको छ । अहिले सक्रिय कोरोना संक्रमितहरु दैलेखमा १ सय २३ जना पुगिसकेका छन् ।
    गत बुधवार २३, बिहिवार १६ र शुक्रवार २१, शनिवार २३ जना जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड कसैले पनि अपनाएका छैनन् । दशैको मुखमा भएकोले सदरमुकाम दैलेख बजारमा अत्याधिक भिडभाँड बढेको छ । किनमेल र होटेलमा धेरै संक्रमण देखिएपछि समस्या बढ्दै गएको छ ।


    बिरामी राख्ने अस्पताल भरियो
    आपतकालिन रुपमा निर्माण गरिएको दैलेखको आइसुलेसन अस्पताल भरिसकेको छ । धेरै बिरामीहरु होम आइसुलेसनमा बसेका छन् । लक्षण सहितका बिरामीहरु बढ्न थालेपछि समस्या जटिल बन्दै गएकोले आम नागरिकहरुले व्यक्तिगत सुरक्षा अपनाउन स्वास्थ्य सेवा कार्यालय दैलेखले अनुरोध गरेको छ । हामीले अस्पतालको आपतकालिन सेवा बाहेक सवै सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ । आम नागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरन्जन पन्तले जानकारी दिएका छन् ।

    सदरमुकामको भीड कर्म गर्न प्रहरी परिचालनःहोटेल बन्द
    सदरमुकाममा होटल व्यवसायि र अन्य व्यापारीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि कोरोना रोकथाम तथा बिपद् व्यवस्थापन समिति दैलेखले होटल बन्द गर्ने निर्णय गरेको छ । संक्रमित भएका परिवार र आफन्तहरुले गर्ने व्यवसाय बन्द गर्न आग्रह गरिएको छ । व्यापारीहरुलाई सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने बारेमा प्रशासनले आग्रह गरेको भएपनि दैलेख सदरमुकाममा भिडभाँड निकै धेरै देखिएको छ । मास्क नलगाएरै सयौं मानिसहरु ओहोर दोहोर गरिरहेका छन् ।
    सामाजिक दुरी कायम नगर्ने र मास्क नलगाउनेहरुलाई प्रहरी परिचालन गर्दै सचेत गराईएको छ । प्रहरीले बारम्वार सुरक्षा सर्तकर्ता अपनाउन दैलेख सदरमुकाममा माइकिङ्ग गरिरहेको छ ।
    दैलेखमा हालसम्म १ हजार २ सय बढी कोरोना संक्रमण देखिएका मध्ये पछिल्ला चार दिनमा १ सय २३ जना सक्रिय संक्रमित देखिएका छन् । कोही आइसुलेसनमा उपचारमा छन् भने कतिपय होम आइसुलेसनमा उपचार गराएका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार