वडा सदस्य रमेश केसीले आफ्नै लगानीमा बनाए अस्पतालको टिकट घर


मंसिर १५, दैलेख
नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य तथा समाजसेवी रमेश कुमार के.सी.ले आफ्नै लगानीमा नारायण नगरपालिका वडा नं. ३ को विलासपुर आयुर्वेद औषधालयलाई टिकट घर निर्माण गरेका छन् ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनुका साथै अन्य समयमा पनि सेवाग्राहिलाई काउन्टरमार्फत सहजै टिकट काट्न सजिलो होस भन्ने हेतुले टिकट काट्ने घर निर्माण गरि हस्तान्तरण समेत गरिएको जानकारी दिएका छन् । असप्तालले उनलाई सम्मान गरेको छ । आर्युवेद अस्पतालको व्यवस्थापनका लागि स्थानीय सरकारले अँझै सहयोग गर्न सकेमा जिल्लाभरका सबैखाले बिरामीहरुलाई आर्युवेद पद्धतीबाट उपचार गर्न सकिने अस्पतालका प्रमुख राजीव भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार