
माघ २६, दैलेख
जिल्लाको नारायण नगरपालिकाले ९० जना असल आमाहरुलाई नगत सहित सम्मान गरेको छ । नगरपालिकाले स्वास्थ्यका पाँच वटा मापडण्ड पूरा गरेका असल आमा प्रोत्साहान कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरेको हो ।
स्वास्थ्यका पाँच वटा मापडण्ड मध्ये २० वर्ष पुरा भई बिहे गरी बच्चा जन्माएका, दुई मात्र सन्तान भएका, स्वास्थ्यको पोर्टगल अनुसार चार पटक गर्भ जाच गराएका, स्वास्थ्य सस्थामा सुत्केरी भएका, बच्चालाई पूर्ण खोप लगाएका असल आमाहरुलाई नगद २ हजार रुपैया सहित प्रमाण पत्र दिएर सम्मान गरेको नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक लालबहादुर खड्काले बताए ।
नगरपालिकाले यो वर्ष असल आमाहरुलाई सम्मान गर्ने भन्दै पाँच लाख रुपैया बिनियोजन गरेको थियो । सोहि अनुसार पहिलो चरणमा ९० जना असल आमाहरुलाई सम्मानका लागि १ लाख ९२ हजार रुपैया खर्च हुने भएको खड्काले बताए ।
नगरपालिकाले बालबिवहाको अन्त्य, गर्भवति आमा सहित बच्चा स्वस्थ, मातृ मृत्यु दर शुन्यमा झार्ने उद्देश्यले असल आमा सम्मानको काम गरेको नगर प्रमुख रत्न बहादुर खड्काले बताए । नगरपालिकाले गत वर्ष पनि स्वास्थ्य मापडण्ड पूरा गरेका असल आमाहरुलाई सुम्मान गरेको थियो ।






