गर्भवती महिलाको मृत्यु, मृत्यु पछि कोरोना पुष्टि, दैलेखमा तीन जनाको मृत्यु

दैलेख वैशाख १७
शुक्रवार दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गराउन आएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई स्वास प्रस्वासमा समस्या देखिएको थियो । उनको मृत्यु पश्चात कोरोना संक्रमण हुन सक्ने भन्दै एन्टिजेन किटमार्फत कोरोना जाँच गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखमा प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिएका छन् । कोरोना संक्रमणका कारण दैलेखमा ३ जनाको मृत्यु भैसकेको छ ।

नारायण नगरपालिका–६ की २७ बर्षीया गर्भवती महिला ९ महिना पुगिसकेपछि जिल्ला स्वास्थ्यमा स्वास्थ्य जाँचका लागि वैशाख १२ गते बच्चा जन्मने दिनमै आएकी थिइन उनको अवस्था जटिल देखेपछि स्वास्थ्य सेवा कार्यालयले रिफर गरेको थियो । सुर्खेत रिफर गरिएकी उनको आर्थिक अवस्था अभाव र कोरोना लगायतको डरले थप उपचारका लागि जिल्ला बाहिर जान सकेकी थिइनन् ।


बच्चा जन्मिने समय पुगिसक्दा पनि बच्चा नजन्मेपछि उनी पुनः बिरामी परेर स्वास्थ्य सेवा कार्यालय दैलेखमा शुक्रवार बिहान उपचारका लागि आएकी थिइन् । अवस्था एकदमै चिन्ताजनक थियो, स्वास प्रस्वासमा समेत समस्या देखिएको थियो । बचाउन सकिने अवस्था थिएन्, उनको मृत्यु पछि हामिले शंका लागेर कोरोना जाँच गरेका थियौँ । पोजेटिभ देखियो पेटभित्रको बच्चा पनि मरिसकेको डाक्टरले जानकारी दिएका छन् ।

शुक्रवार सम्म दैलेखमा १ सय ८ जना सक्रिय संक्रमित देखिएका छन् । अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार