अक्सिजन अभाव समाधान दैलेखमा आयो १ सय ५० थान अक्सिजन सिलिण्डर

जेठ १६, दैलेख
दैलेखमा अक्सिजन अभावको समस्या समाधान भएको छ । दैलेखमा १ सय ५० थान अक्सिजन सिलिण्डर आएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले ठेक्का मार्फत थप १ सय ५० थाल सिलिण्डर जिल्लामा ल्याएको हो । यो सँगै स्वास्थ्य सेवा कार्यालय दैलेखलमा अव २ सय अक्सिजन सिलिण्डर पुगेका छन् । जिल्लामा अक्सिजन सिलिण्डर थपिएसँगै अक्सिजन अभावमा कुनै पनि कोरोना संक्रमित बिरामीहरु समस्यामा नपर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीर प्रसाद रेग्मीले जानकारी दिएका छन् ।
जिल्लाभरीका कोरोना संक्रमित बिरामीहरु पालिकामा उपचार सम्भव नभएपछि जिल्लामा आउने गरेकोले अक्सिजनको केही समस्या थियो, नयाँ १ सय ५० सिलिण्डर आएपछि, समस्या समाधान भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जीवन ज्ञावालीले बताएका छन् । सिमित स्रोत साधन हुँदा पनि कठिन अवस्थामा बिरामीहरुको उपचारमा जिल्लाका स्वास्थ्यकर्मीहरु सक्रिए रहेको र ८२ बर्षका बृद्धले कोरोना जितेको ज्ञावलीले जानकारी दिएका छन् ।

अक्सिजन अभियान अन्तर्गत
काठमाडौंबाट ८ लाखको स्वास्थ्य सामग्री दैलेखलाई प्रदान

देशभर कोरोना संक्रमणको दर तीब्र बनेसँगै अक्सिजन अभाव सुरु भएपछि दैलेखमा पनि अक्सिजन अभाव महसुस भयो, त्यतीबेला देखि दैलेख जन्मघर भएर सरकारी जागिरका सिलसिलामा काठमाडौं बसोवास गर्ने ओम रिजाल र मिना थापा लगायतले काठमाडौंमा अक्सिजन अभियान सञ्चालन गरेका थिए । अभियानअन्तर्गत न्यूनतम १ हजार रकम तोकिएको थियो । अभियानअन्तर्गत संकलन भएको ८लाख रकमले अक्सिजन सिलिण्डर, कन्सनट्रेटर, लगायतका स्वास्थ्य सामग्रीहरु खरिद गरेर स्वास्थ्य सेवा कार्यालय दैलेखमा पुर्याइएको छ । अभियानमा संलग्न रहेका नेपाली काँग्रेसका नेता जगतजंग थापाले काठमाडौंबाट पठाइएको सामग्री स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरी देवकोटा, स्वास्थ्य सेवा कार्यालयका डा जीवन ज्ञावली, कार्यालय प्रमुख थीर प्रसाद रेग्मीको रोहवरमा स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
जिल्लाको अक्सिजन अभावमा गरिएको मानवीय सहयोगको काँग्रेस नेता जगतजंग थापाले प्रशंसा गर्दै अभियानमा संलग्न सबैलाई धन्यवाद दिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरी देवकोटाले सकारात्मक काम गरेर जनता बचाउने अभियानमा साथ दिएकोमा सवैलाई धन्यबाद दिए ।

जिल्ला प्रशासन कार्यालय दैलेखले अक्सिजन अभाव र अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरेका सहयोगी निकायहरुका लागि सामान ढुवानी गर्न सवारी साधन उपलब्ध गराएको छ । जिल्लाको समस्या समाधानका लागि काठमाडौंबाट सामग्री ल्याउन जिल्ला दैवी प्रकोट उद्धार समितिले ढुवानीको जिम्मेवारी लिएको प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले जानकारी दिएका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले पनि जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार