काठमाडौंः पछिल्लो २४ घण्टामा एक हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा तीन हजार ४ सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल ११ हजार ३ सय ६५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर एक हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा छ हजार १४६ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ७८ हजार ५ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ४० हजार १ सय ११ जना सक्रिय संक्रमित छन् ।






