भवन हाम्रो पहिलो प्राथमिकता
वि स २०३२ साल चैत्र ५ गते कट्टी गाविस वडा नः ३ दैलेख मा जन्मनु भएका शान्तिप्रसाद शर्मा दैलेखे उद्योग बाणिज्य संघमा अहिले जिल्ला अध्यक्ष हुनुहुन्छ ।
२०५२ सालदेखि कार्यसमिति सदस्य, २०५७ सालमा कोषाध्यक्ष,२०५९ सालदेखि कार्यसमितिको प्रथम उपाध्यक्ष र २०६८ साल को निर्बाचनमाबाट अध्यक्ष पदमा निर्वाचित भई हाल जिल्लामा कार्यरत हुनुुहुन्छ । 
धमाका दैनिकका सम्पादक बिष्णु शर्माले उहाँसँग गरेको कुराकानी –
>दैलेख उद्योग बाणिज्य संघको बर्तमान अबस्थालाई कसरि बिश्लेषण गर्नुभएको छ ?
उद्योग बाणिज्य संघ, उद्योग बाणिज्य महासंघ संग आवद्ध सम्पूर्ण व्यापारीहरुको हकहितका लागि लड्ने संस्था हो । यसको जन्म २०३७ सालमा भएको हो । स्थापना कालदेखी विभिन्न समस्या झेल्दै आएको दैलेख खद्योग बाणिज्य संघले हाल आफ्नो सचिबालय ब्यबस्थित गर्दै म निर्बाचित भएपछि हाल आएर सचिबालय ब्यबस्थित भएको र अनलाईन सिस्टम जडान भएको छ । व्यापारीहरुको सुविधानका लागि अस्थाई पाना नम्वर दैलेखले नै दर्ता गर्ने गरी यसै पटकदेखि दैलेख उद्योग बाण्ज्यि संघ अधिकार प्राप्त भएको छ नयाँ निर्वाचित हाम्रो टीमलाई सबभन्दा थुपै्र चुनौती छन् । सबैभन्दा महत्वपुर्ण चुनौती हाम्रो आफ्नो भवन छैन् उद्योग बाण्ज्यि संघ हुने खाने वर्गको छाता संघ भएता पनि दैलेख जस्तो दुर्गम जिल्लामा हाम्रो कुनै पनि आयस्रोत छैन् । हाम्रो टीम निर्बाचित भएपछि जसरी भएपनि हाम्रो सचिबालय भवन निमार्ण गर्ने घोषणा गरेका छौ । म आफैले भवन निमार्णलाई रु ५१ हजार दिने घोषणा गरेको छु सबै उद्योग बाणिज्य महाँसंघ जिल्ला तथा नगर उद्योग संघहरुलाई सहयोगको लागि अनुरोध गर्र्दै नयाँ योजनाका साथ सबै राजनितिक दलहरु, सामाजिक संघ संस्थाहरु लगायत सम्पुर्ण सरकारी कार्यालयहरु र सबै ब्यबसाय साथीहरुलाई भवन निर्माणको लागि सहयोग जुटाउन आग्रह गर्ने तयारी गरेका छौं ।
>भवन निर्माणका लागि त लाखौं रकमको आवश्यकता पर्दछ कस्तो योजना गर्नु भएको छ ?
निकै राम्रो सन्र्दभ उठाउनु भयो बिष्णुजी, कुनै पनि काम गर्दा विना योजना संचालन गर्र्यो भने त्यो संभव हुँदैन मंगलवार मात्र हामीले नेपाल सरकारले प्रदान गरेको हकभोकको अधिकारको लागि हामीले पाएको जग्गा ७ सय ७० मिटरको कित्ता काट गरेका छौं, अव हाम्रो नाममा जग्गाको कित्ता छुट्टिसकेको छ । जिल्लामा मात्र ११ सय व्यापारीहरु हुनुहुन्छ भवन लागि भनेर कम्तीमा १ व्यापारीबाट एक हजारका दरले रकम उठाउने तयारी छ । त्यस्तै भवन निर्माणको लागि देशभरका ७५ वटै उद्योग बाणिज्य संघसँग सहकार्य गरी बम्वर उपहार योजना ल्याउने तयारीमा छौं त्यस्तै जिल्ला कार्यसमितिका पदाधिकारीहरुले समेत ५ लाख सम्म रकम उठाउने तयारीमा छौं र केन्द्रिय कार्यकालय सँग सहकार्य गरी आवश्यक सहयोगको पहल गर्न तिहार लगत्तै हाम्रो टोली डेलिगेसनका लागि मुख्य सहर र उद्योगीहरुसँग प्रत्यक्ष भेटघाट गरी तत्काल भवन निर्माणका लागि हामीले तीस लाख रकम सहजै उठाएर निर्माण थालनी गर्नै र अरु थप रकम उठाउँदै गर्ने तयारीमा छौं ।
>दैलेखको ब्यापार ब्यबसाय पछिल्लो समयमा खस्कँदै गएको छ यसलाई कसरी हेर्नु भएको छ ?
हामी ब्याबसायको काममा बिश्वास गर्दछौ हाल देशमा १६ घण्टा लोड सेडिङ, चर्को ब्याज हदैसम्मको अनुसासनहिनता, राजनैतिक अस्थिरता, असुरक्षा, कुटपीट र अपहरणका साथै चन्दा आतंकको मारमा परेको ब्यबसाय को अबस्थालाई सकरात्मक भन्न मिल्दैन । यस्तो प्रतिकुल परिस्थतिमा पनि ब्यबसाय संञ्चालन गरी अर्थतन्त्रलाई चलाएमान बनाउन गर्न सक्नु दैलेख उद्योग बाण्ज्यि संघ लगायत सम्पूर्ण देशभरिकै ब्यबसायहरुको सफलता हो र दैलेखमा बित्तीय सस्थाको सबभन्दा खाँचो छ जिल्ःाामा रहेको एक मात्र बाणिज्य बैङ्क यसले पनि नारायण नगरपालिका वडा नः १, ६ र ७ का थोरै मात्र ब्यबसायलाई लगानी गरेको छ । यसरी दैलेखको ब्यबसाय एकातिर लगानीको खाँचोमा तड्पिएको छ त्यसलाई सम्बोधन गर्नु नीजि बैङ्कहरु दैलेख उद्योग बाणिज्यले हार्दिक अनुरोधका साथ स्वागत समेत गरेको छ अव तत्काल जिल्लामा थप पाँचवटा नीजि बैक हामै पहलमा आउन थालेका छन् । अर्कोतर्फ दैलेख हुदै कालिकोट जोड्ने राजमार्गले पनि यहाँको ब्यबसायलाई ठूलो मार परेको छ । जुन महाबु सडक कछुवाको चालमा अगाडि बाडिरहेको छ । त्यसलाई सम्पूर्ण ब्यबसायको तर्फबाट र उद्योग बाणिज्य संघको तर्फबाट तत्काल बनाउन सम्बन्धित निकायलाई ध्यान आर्कषण गर्न चाहान्छौ । यसरी जिल्ला सदरमुकाम भएर तत्काल जुम्ला सडक नजोडे दैलेखको व्यवसाय समस्यामै रहने भएकोले अवको सम्पूर्ण जोड त्यतै लगाउन जिल्लाका दलहरुलाई आग्रह गरेका छौं ।
>राज्यले के गर्नु पर्ला ब्यापार ब्यबसाय वा निजि क्षेत्रलाई अगाडि बढाउन ?
निज क्षेत्र देश बिकासको मुख्य ईन्जिन मानिन्छ त्यस हिसाबले आज नेपालमा पनि देशको सर्बाङ्गीण बिकासमा नीजि क्षेत्रको निर्णायक भुमिका हुनु पर्दछ त्यस सन्र्दभमा नीजि क्षेत्रप्रति राज्य सकरात्मक हुनुपर्दछ । अनि समाज बिश्वस्त हुन सक्नु पर्दछ राज्यमा अनुशासन अस्थिरता असुरक्षा कुटपिट र अपराध जस्ता क्रियाकलाप अन्त्य गरी धन जनको सुरक्षा गर्नु पर्छ र राज्यले कानुुनी राज्यको सुरुवात गर्न तत्काल शान्ति र संबिधान निर्माण गरी संक्रमणकाल छिटो अन्त गर्न सक्नु पर्छ ।
>दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा निर्बाचित भएपछि के कति महत्वपूर्ण काम गर्नु भयो ?
सचिवालय ब्यबस्थापनमा अनलाईन सिस्टम जडान भवन निर्माण समिति गठन, रिटोलिङ्ग बन्द, कर सम्बन्धी समस्या सामाधान गर्न कर अधिकृत टोली बोलाई बिभिन्न सरकारी वा गैरसरकारी र राजनैतिक दलहरुसंग समन्वय गर्ने काम जिल्लामा उद्योग बाणिज्य संघका बजार उपसमिति गठन आदिको थालनी भएको छ ।
सरकारले बजारमा अनुगमन तीब्रता दिएको छ त्यसबारे के भन्नुहुन्छ ?
सरकारले दशैभरि बजार अनुगमनलाई जुन तिब्रता दिएको छ । त्यो सकरात्मक काम हो हामीले पनि यसलाई स्वागत गर्नु पर्छ उपभोत्ता हित संरक्षण गर्न हामी सबैको कर्तब्य हो । उद्योग बाणिज्य संघबाट हाम्रा ब्यबसायलाई पटक पटक सचेत गर्ने काम गरेका छौं, व्यापार व्यवसाय दतार्, मुल्य सूची, समान र होटल मा सरसफाई सम्बन्धी जनचेतना कार्य भैरहेका छ । राज्यले जसरी बजार अनुगमनलाई तीब्रता दिएको छ त्यसै गरी अन्य ठाउँमा भएका भष्ट्राचार , गुण्डागर्दी, चन्दा आंतक, लुटपात आदि विषयमा पनि प्रथामिकता दियोस् भन्न चाहान्छौं ।
>अन्तमा दैलेख उद्योग बाणिज्य संघलाई कसरी अगाडि बढाउने सोच गर्नु भएको छ ?
गएको विजया दशमी तथा आउँदै गरेको शुभ दिपावलीको अवसरमा हामी सम्पूर्ण जिल्लाबासीहरुलाई हार्दिक शुभकामना दिन चाहान्छौं । दैलेख उद्योग बाणिज्य संघलाई अगाडि बढाउन अनेकौ कठिनाई र चुनौती छन् ती चुनौतीबाट अवसर पनि मिल्दछन्, हाम्रो चासो सीमित स्वास्र्थमा मात्र केन्द्रित होईन बृहत राष्ट्रिय हितका लागि पनि हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ यसरी सम्पूर्ण ब्यबसायको हितको निम्ति म र हाम्रो टीम सिपाही बनेर यसको चुनौतीसंग लड्दै अगाडि बढ्नेछौं । धन्यवाद







