
पाँच दशक पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा पुनसर््थापना गरिएको छ । २०२८ सालमा दैलेखको कोत गढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्ष पछि दैलेख ल्याइएसँगै कोत गढीमा पुनसर््थापना गरिएको हो ।
स्थानीय सरकार सञ्चालनसँगै जिल्लाबाट बाहिर लगिएको पुराना ऐतिहासिक सम्पदा जिल्ला फर्काउने अभियान अन्तर्गत नेपाली सेनाको सुर्खेत व्यारेकबाट २०७८ पुस २१ गते सुन्दरी तोपलाई दैलेखमा रहेको नेपाली सेना, स्थानीय प्रशासन र नारायण नगरपालिकाको संयुक्त पहल सहकार्यमा जिल्लामा ल्याइएको थियो ।
दैलेखको कोत गढीमा पुनसर््थापना गरिएको सुन्दरी तोपको धार्मिक महत्व समेत रहेको जानकारहरू बताउँछन् । विजया दशमी टिकाको साइत तोप पट्काएर जनाइने र नागरिकहरूले तोपको साइत अनुसार दशैको टिका लगाउने पुरानो प्रचलन रहेको धार्मिक महत्व रहेको बुझिन्छ ।
दैलेखको ऐतिहासिक कोत गढी वि.सं.१८४६ साल तिर बहादुर शाहको नायवी कालमा बाइसे चौबिसे राज्य एकीकरण अभियान अन्तर्गत गोरखाली सेनाले युद्ध प्रतिरक्षाका लागि कोतगढी सैनिक किल्लाका रूपमा निर्माण गरेको मानिन्छ ।
सुन्दरी तोप गढीमा राखिएसँगै दैलेखमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । गढीमा राखिएको तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिएको छ ।
२०२८ सालमा दैलेखको ऐतिहासिक कोत गढीमा रहेका दुई वटा अर्गा र सुन्दरी तोप सुर्खेत पु¥याइएको थियो । सुन्दरी तोप पाँच दशक पछि दैलेख ल्याइएकोे भए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।
मासिँदै ऐतिहासिकता
स्थानीय सरकार सञ्चालन अघिदेखि नै नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोत गढीको पुनः निर्माण÷जीर्णोद्धार गर्ने भन्दै विभिन्न निकायबाट कामहरू भए । स्थानीय सरकार सञ्चालन पछि झनै जिल्लामा रहेको पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्ने भन्दै विभिन्न कामहरूलाई तिव्रता दिदै आइयो ।
जिल्लामा रहेका पुराना ऐतिहासिक सम्पदाको संरक्षणसँगै जगेर्ना गर्ने प्रमुख दायित्व स्थानीय सरकार, यहाँका सरोकारवाला लगायत आम नागरिकको भएपनि यहाँको ऐतिहासिक गढी पुनः निर्माणका÷जीर्णोद्धारका नाममा ऐतिहासिकता मासिँदै गएको देखिन्छ ।
पुराना स्थानीय जानकारलाई पछिल्लो समय पुनः निर्माण÷जीर्णोद्धारका नाममा गढीको ऐतिहासिकता मासिँदै प्रति चिन्ता छ । आजभन्दा पचास वर्ष अघि गढीको जुन महत्व÷अवस्था थियो अहिले हराउँदै गएको छ । ‘गढी भित्र दुई वटा घरहरू थिए, भगवानको मुर्ति थियो, अहिले केही छैनन्, पुनः निर्माणका नाममा सम्पदा मासिँदै गएका छन’्, एक स्थानीयले भने ।
गढीको पुनः निर्माण गर्ने भन्दै स्थानीय सरकार विभिन्न सामाजिक संघसस्थाले लगानी गर्दै आएका भए पनि लगानी गर्ने निकायले पुनामा सम्पदाको महत्वमा ख्याल नगरी सिमेन्टेवाला निर्माण गरी पैसा मात्र सकाउने काम गर्दै आएको स्थानीय नागरिकको आरोप छ ।
गढी मात्र नभई दैलेखमा रहेका विभिन्न पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्ने भन्दै गरिने कामहरू अहिले अर्थहीन देखिने गरेका छन् । कर्णाली सरकार अन्तर्गत जिल्ला वन कार्यालय दैलेखको मातहतमा नारायण नगरपालिका–६ मा रहेको पञ्च देवलको संरक्षणका लागि लगाइएका संरचना भताभुङ्ग अवस्थामा देखिनु जिल्लाका ऐतिहासिक सम्पदाको अवस्था कस्तो छ भन्ने एक जोलन्त उदाहरण हो ।
स्थानीय सरकार लगायत विभिन्न निकायले पुराना सम्पदाको संरक्षणमा गर्ने लगानीमा अपारदर्शिता देखिन्छ । स्थानीय नागरिकका अनुसार जिल्लामा रहेका पुराना सम्पदाको बेला–बेला गरिने पुनःनिर्माण पैसा सकाउन बाहेको अन्य उपलब्धी नदेखिएको बताउने गरेका छन् ।
‘गढीको संरक्षणका लागि भन्दै बेला–बेला कामहरू भएका देखिन्छन्, एउटै ठाउँमा पटक–पटक गरिने लगानीको अर्थ हँुदैन्, आएको बजेट सकाउन आफ्ना मान्छे उपभोक्ता समितिमा राख्न, सरकारी बजेटको अपचलन गर्ने बाहेक अन्य काम देखिएन’, एक स्थानीयले नाम नखुलाउने सर्तमा धमाका दैनीकसँग भने ।
एक करोड बढी खर्च

ऐतिहासिक कोत गढीको जीर्णोद्धार गर्ने भन्दै स्थानीय सरकार सञ्चालन भए यता कोत गढीका नाममा स्थानीय, प्रदेश र केन्द्रबाट एक करोड बढी खर्च भएको पाइएको छ । नारायण नगरपालिका–१ का निवर्तमान वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठका अनुसार स्थानीय सरकार आए यता गढीको जीर्णोद्धारका लागि ९४ लाख खर्च भैसकेको बताए ।
‘चार वर्षको अवधिमा करिब ९४ लाख गढी जीर्णोद्धारमा खर्च भएको छ, गढीमा सुन्दरी तोपको पुनसर््थापना गरिएकोे भएपनि अझै ११ लाखको काम भइरहेको छ’, निवर्तमान अध्यक्ष श्रेष्ठले भने । वडा अध्यक्ष श्रेष्ठले पुरानो संरचनाको जीर्णोद्धार गर्दा केही फेरबदल आएको भएपनि ऐतिहासिक कोतगढीको महत्व मासिने गरी काम नभएको बताए ।
उनले गढीको काम बेला–बेला हुनुमा एकमुस्ट बजेट नआउने समस्या रहेकोे बताए । एकै पटक बजेट आउँदैन, बेला–बेला आउने बजेटले गढी जीर्णोद्धारको काम पटक–पटक गर्नुपर्ने हुन्छ, आफू स्थानीय सरकारमा गएपछि पुराना सम्पदाको संरक्षणमा लागेको हुँ’, उनले भने ।
यस्तै, निवर्तमान वडा अध्यक्ष श्रेष्ठले सुर्खेतमा रहेको सुन्दरी तोप दैलेख ल्याउन तीन लाख केही बढी खर्च भएको बताएका छन् । ‘तोप जिल्ला ल्याउन तीन लाख बढी खर्च भएको छ, नेपाली सेनाको पनि केही खर्च भएको छ, सबैको उद्देश्य भनेको पुराना सम्पदाको संरक्षणमा ध्यान दिनु हो’, उनले भने ।






