नारायणमा एक सय पाँच असल आमाले पाए पुरस्कार

दैलेख: दैलेखको नारायण नगरपालिकाका ११ वटै वडामा एक सय पाँच जना असल आमा भेटिएका छन् ।
बिभिन्न पाँचवटा ईन्डिकेटर पार गरेका एक सय पाँच असल आमालाई नगद दुई हजार र प्रमाण पत्रले सम्मान गरिएको छ ।

नारायण नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यमा उलेख्य सुधार गर्ने, बाल मृत्युदर र मातृ मृत्युदर कम गर्नका लागि असल आमा प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

सोही अभियान अन्तर्गत २० वर्ष पूरा गरेर बिहे गरेका, २ वटा बच्चा जन्माएका, नियमित रुपमा स्वास्थ्य चौकीमा ४ पटक गर्भजाँच गरेका, स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका र जन्मेको बच्चालाई पूर्ण खोप लगाएका पाँचवटा ईन्डिकेटर पूरा गरेका आमाहरुलाई असल आमा भन्दै सम्मान गरिएको नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिएका छन् ।


नगरपालिकाले वार्षिक कार्यक्रममा नीति निर्माण गरेर यो अभियान थालिएको नगर उपप्रमुख तप्ता थापाले जानकारी दिएकी छन् । यो अभियानले आमा र बच्चाको स्वास्थ्य समस्या कम हुने र मृत्यदुर घट्ने उनको भनाई छ ।
भविष्यका कर्णधारहरु गर्भअवस्था देखि सुरक्षित रुपमा जन्मन पाउने अधिकारको संरक्षण गर्दै गर्भाअवस्थामा महिलालाई हुने बिभिन्न समस्याहरु भोग्नु नपरोस भन्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार