दैलेख ः यहाँको ११ वटा स्थानीय तहमा रहेका ९० वडामा रहेका दैलेखमा १ लाख भन्दा बढी भेडा बाख्रालाई पीपीआरविरुद्वको खोप लगाइने भएको छ । भेडा बाख्रामा लाग्न सक्ने पीपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्ला भरका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।
जिल्लाका करिब १ लाख १६ हजार भन्दा बढी भेडा बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीम बहादुर विष्टले बताए । यही माघ २४ गतेदेखि जिल्लाका ११ वटै स्थानीय तहमा उक्त संख्यामा पीपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उनले बताए ।
जिल्लामा खोप अभियानलाई दुल्लु नगरपालिका–१ वडस्थित बाख्रामोड भन्ने स्थानमा एक कार्यक्रमबिच अभियान सुरु गरिएको कार्यालय प्रमुख विष्टले बताए । भेडा बाख्रामा रोगको महामारी फैलन नदिन खोप अभियान सञ्चालन गरी पिपिआर विरुद्धको खोप लगाएको उनको भनाई छ ।
दैलेखका ११ वटै स्थानीय तहमा २ लाख ५० हजार बाख्राहरू रहेका जनाइएको छ ।
उनले भने, “जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा संख्या एक लाख १६ हजार बाख्रालाई पीपीआर खोप करिब ४० हजार बढी कुखुरालाई रानिखेत खोप बगुरलाई स्वाइन फिवर खोप लगाउने लक्ष्य तय गरिएको छ । खोप अभियान कर्णाली प्रदेशका सबै जिल्लामा सुरु भएको छ ।”






