दैलेख : गमीयाम बढेसँगै दैलेखका विभिन्न वनमा वन डढेलोको प्रकोप बढीरहेको छ । दैलेखका पूर्वी, पश्चिम क्षेत्रका वनमा लगातार डढेलो सल्किरहेको छ ।
दैलेखको महावु गाउँपालिका नजिकको जंगलमा पनि लगातार तीनदिनदेखि पुरै जंगलमा डढेलो सल्किएको छ । बस्ति नजिकका केही स्थानमा लागेमो आगो निभाउने प्रयासहरु भएपनि ठूला जंगलहरुमा लागेको आगो भने निभाउने प्रयास गर्न कसैले पनि सुरुवात गरेको अवस्था छैन ।






