भीरबाट लडेर एकको मृत्यु

दैलेखः जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका–१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर मृत्यु भएको हो ।

मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १९ वर्षीय सुजन खड्काको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार